चन्द्रमाबारे रोचक १० तथ्य ! थाहा पाइराखौँ « Khabarhub

चन्द्रमाबारे रोचक १० तथ्य ! थाहा पाइराखौँ


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राति आकाशमा देखिने चन्द्रमा मानव सभ्यताका लागि सँधै चासोको विषय रहँदै आएको छ । मानव सभ्यताको हरेक सँस्कृतिमा चन्द्रमाले कुनै न कुनै हिसाबमा महत्व राख्दै आएको छ । प्राचिनकाल देखि नै मानव जातिले चन्द्रमालाई निकै रोचक र चासोपूर्वक ध्यान दिँदै आएको छ । पछिल्लो समय आधुनिक प्रविधी तथा वैज्ञानिक अध्ययनले चन्द्रमाबारे नयाँ नयाँ तथ्यहरु सार्वजनिक गर्दै आएको छ । यस्ता केही तथ्यहरु छन् जसबारे सबैलाई थाहा नहुन सक्छ । प्रस्तुत छ चन्द्रमाबारे १० रोचक तथ्यहरु

१. उपग्रह

चन्द्रमा पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो । ३४७५ किलोमिटर ब्यास रहेको चन्द्रमा सौर्यमण्डलको पाचौं ठूलो उपग्रह समेत हो । पृथ्वीबाट ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा रहेको चन्द्रमा पृथ्वीको चार भागको एक भागभन्दा केही बढी अर्थात् २७ प्रतिशत सानो छ ।

२. लुकेको भाग

चन्द्रमाले पृथ्वीलाई आफ्नो कक्ष बनाएर घुम्ने तथा आफ्नो धुरीमा घुम्ने समय उत्तिकै छ । सोही अनुसार चन्द्रमाको एकापट्टीको भागमात्र पृथ्वीबाट देखिने गरेको छ । यसअनुसार चन्द्रमाको पछिल्लो भाग पृथ्वीबाट देखिन्न । सोही अनुसार चन्द्रमाको लुकेको भागबारे वैज्ञानिकहरुमा अझ चासो पैदा हुने गरेको छ ।

३. टाढा

चन्द्रमा हरेक वर्ष पृथ्वीबाट टाढा जाँदै गरेको छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमा हरेक वर्ष ३.८ सेन्टिमिटर टाढिँदै छ । अबको ५० अर्ब वर्षसम्म चन्द्रमा पृथ्वीबाट टाढिँदै जानेछ । यसो भएमा हाल चन्द्रमाले पृथ्वीको एक चक्कर लगाउन २७.३ दिन लगाउने गरेकोमा अबको ५० अर्ब वर्षपछि चन्द्रमाले पृथ्वीलाई चक्कर लगाउन ४७ दिन लगाउने विश्वास गरिन्छ ।

४. वातावरण

चन्द्रमामा कुनै किसिमको वातावरण छैन । यसकारण चन्द्रमाको आकाश कालो देखिन्छ । चन्द्रमामा कुनै वातावरण नभएका कारण चन्द्रमामा पाइला टेकेका मानिसहरुको पाइला हालसम्म जस्ताको त्यस्तै रहेको वैज्ञानिकहरुको विश्वास छ ।

५. पाइला

हालसम्म १२ जना मानिसले चन्द्रमाको सतहमा पाइला टेकेका छन् । सर्वप्रथम सन् १९६९ जुलाई २० मा अमेरिकी चन्द्रयात्री निल आर्मस्ट्रङले पहिलो पटक चन्द्र धरातलमा पाइला राखेका थिए । त्यसपछि विभिन्न चन्द्र अभियानमार्फत चन्द्रमामा १२ जना मानिसले चन्द्रमामा पाइला राखेका छन् । चन्द्रमामा पाइला राख्नेहरु सबै अमेरिकी चन्द्रयात्रीहरु छन् । अमेरिकाबाहेक अरु कुनै मुलुकले पनि चन्द्रमामा मानिसलाई पठाउन सकेको छैन ।

६. मानव निर्मित वस्तु

चन्द्रमामा पुगेको पहिलो मानवनिर्मित वस्तु तत्कालिन सोभियत संघले सन् १९५९ माप्रक्षेपण गरेको चन्द्र अभियान लुना २ हो । लुना २ ले सन् १९५९, १३ सेप्टेम्बरमा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको थियो । हालसम्म ३ मुलुकहरु अमेरिका रुस र चीनलेमात्र चन्द्रमामा सफलतापूर्वक मानवनिर्मित वस्तु अवतरण गरेका छन् । भारतले हालै प्रक्षेपण गरेको चन्द्रयान–२ नामक चन्द्र अभियान अबको केही सातापछि चन्द्रमामा अवतरण हुनेछ ।

७. समुद्रमा पानीको छाल

चन्द्रमाका कारण पृथ्वीको समुद्रमा छाल आउँछ । सुन्दा अपत्यार लाग्नसक्छ । तर, चन्द्रमाको गुरुत्वाकर्षण शक्तिका कारणसमुद्रमा ठूलो छाल आउने गरेको हो । सूर्यको गुरुत्वाकर्षण बलका कारण पनि समुद्रमा छाल आउने गरेको तर त्यो चन्द्रमाको गुरुत्वाकर्षणका कारण समुद्रमा आउने छालभन्दा निकै कमजोर हुने गर्छ ।

८. वजन

चन्द्रमाको गुरुत्व बल पृथ्वीको तुलनामा एकदमै न्यून छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमाको गुरुत्व बल पृथ्वीको गुरुत्व बलको ६ भागको १ भाग छ । यसअनुसार पृथ्वीमा १ सय किलोग्राम वजनको कुनै पदार्थ चन्द्रमामा केबल १६.५ किलोग्राम हुन्छ ।

९. ‘चन्द्र’ कम्प

पृथ्वीमा भूकम्प आएजस्तै चन्द्रमामा पनि कम्प आउने गरेको छ । चन्द्रमाको भित्रि तह पृथ्वीजस्तै पग्लिएको छ । सोहीकारण पृथ्वीको गुरुत्वाकर्षण बलले चन्द्रमामा पार्ने असरका कारण चन्द्रमाको सतहमुनी कम्प आउने गरेको हो । विभिन्न चन्द्र अभियानमार्फत चन्द्रमामा राखिएका सिस्मोग्राफिक उपकरणले त्यहाँ पनि कम्प आउने पुष्टि गरेका हुन् ।

१०. खाडलहरु

चन्द्रमामा विशाल विशाल खाडलहरु छन् । क्रेटर भनिने यस्ता खाडलहरु चन्द्रमामा आकशीय पिण्डको वर्षाका कारण उत्पन्न हुन पुगेको विश्वास गरिन्छ । चन्द्रमामा कुनै किसिमको वातावरण नभएकाले त्यहाँ आउने आकशीय पिण्डहरु सोझै सतहमा झर्ने भएकाले यस्ता क्रेटर बन्न पुगेको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ५८ बजे

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर