मन्त्री पण्डितले जनप्रतिनिधिलाई भने : सुविधाभोगी नहुनुहोस् « Khabarhub

मन्त्री पण्डितले जनप्रतिनिधिलाई भने : सुविधाभोगी नहुनुहोस्


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरुलाई सुविधाभोगी नबन्न आग्रह गरेका छन् ।

जिल्ला वडा सङ्घ बागलुङको प्रथम प्रारम्भिक भेलालाई शनिबार सम्बोधन गर्दै उनले अत्यावश्यक र न्यूनतम सुविधा लिएर जनताको सेवामा खट्न आग्रह गरे ।

‘जनताभन्दा माथि हामी कोही छैनौँ, जनतालाई हामीले भगवान् मानेर आएको हो’, उनले भने, ‘भगवानलाई नै पन्छाएर अगाडि बढ्यौँ भने हामीले कसलाई पूज्ने ?’ जनभावनाको कदर गर्न नसके आफ्नै राजनीतिक भविष्य समाप्त हुने मन्त्री पण्डितको भनाइ छ ।

जनप्रतिनिधिले विकास र सेवा प्रवाहलाई चुस्त तथा प्रभावकारी बनाउन सके मात्र स्थानीय तह सफल हुने उनको धारणा थियो । स्थानीय तहलाई भौतिक र प्रशासिनक रुपले थप सशक्त बनाइने मन्त्री पण्डितले बताए ।

भाडाका भवनबाट सञ्चालित हुनुपर्ने स्थानीय तहको बाध्यता हट्ने उनको भनाइ छ । मन्त्री पण्डितले स्थानीय तहका सहित सबै निजामती कर्मचारीको क्षमता विकासका लागि केन्द्र र सातै प्रदेशमा स्थानीय प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी भएको बताए ।

उनले थप विज्ञापन खोल्नका लागि तयारी अगाडि बढेको उल्लेख गरे । भेलामा जिल्लाका ८५ वटै वडाका अध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता छ । भेलाले जिल्ला वडा सङ्घको प्रारम्भिक समिति गठन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ९ : ५९ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही