चाडपर्वमा मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स) | Khabarhub Khabarhub

चाडपर्वमा मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स)


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैं, तिहार र छठ पर्व हाम्रो सम्मुखमा छन् । यो बेला बजारमा अत्याधिक मासु खपत हुन्छ । दशैंमा हरेकका घर–घरमा खसी बोका काट्ने चलन पनि छ । यो समयमा सवैका घर–घरमा मासु प्रशस्त हुने भएकाले सबै मासु तत्काल सकिने अवस्था रहँदैन । मासु बासी राख्दा कुहिने सम्भावना अधिक रहन्छ ।

यस्तो अवस्थामा राम्ररी नपाकेको, बासी तथा अस्वस्थ मासु खाँदा यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । मानिसहरु बिरामी पर्ने खतरा पनि अधिक रहन्छ । मासुमा जीवाणु तथा विषाणु संक्रमण छिटो हुन्छ र कुहिन सक्छ ।

स्वस्थ्य पशु, सफा वधस्थल, वध गर्ने व्यक्तिको सरसफाइ, सफा पानी तथा सफा औजार सामग्री हुनु जरुरी रहन्छ ।
अस्वस्थ मासुको सेवनले एनथ्राक्स, क्षय रोग, ब्रुसेलोसिस, सालमोनेलोसिस, लिस्ट्रयोसिस, ट्राइकोनोसिस, टीनीएसीस, नाम्ले रोगलगायतका रोगहरुमा मानिसमा सर्न सक्ने जोखिम उत्तिकै रहन्छ ।

क्ल्सस्टिडियम, बोटुलिनम, ढुसीमा पेनिसिलियम, म्युकर क्लाडोस्पोरियम, अलटरनेरिया, स्पोरोट्राइकम, थामनिडियम मिसिएर मासु दुषित बन्छ । यस्तो मासु स्वास्थ्यका लागि विषाक्त हुन्छ । यसको प्रयोग गर्दा झाडा पखाला लाग्न सक्छ । यी किटाणुले पहिले मानिसको पेट, आन्द्रा आदिमा आक्रमण गर्छन् ।

बिग्रेको मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको सट्टा फिक्का वा कालो निलो हुने, ग्याँस उत्पादन हुने, गन्धमा फरक हुने बोसो पग्लेर जाने हुन्छ ।

अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु बिगारेमा मासु कुहिएर दुर्गन्धित हुन्छ र अमिलो हुन्छ यसले स्वास्थ्यमा असर पुर्‍याउँछ ।

मासुको उचित सञ्चय कसरी गर्ने ? यस विषयमा सवैलाई जानकारी नहुन सक्छ । यहाँ मासु कसरी सञ्चय गर्ने भन्ने विषयमा केही टिप्स प्रस्तुत गरिएका छन्–

मासु सञ्चय गर्दा शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यसले मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय पार्छ । यसले मासुको गुणस्तर बिर्गान सक्ने सबै खाले विषाणु, जीवाणु तथा ढुसीबाट हुने प्रदूषण र संक्रमणलाई रोक्छ ।

१ चिस्याउने
२ पकाउने
३ जल विग्रहीकरण
४ रसायनको प्रयोग
५ अम्ल्याउने तथा
६ विकिरण गर्ने गर्नुपर्छ ।

राँगाको मासु १२ महिना, बंगुरबदेलको मासु, ६ महिना खसी, बोका, भेडा च्यांग्राको मासु ६ देखि ९ महिना, कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।

मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताएर सुरक्षित गर्न सकिन्छ । यो तापक्रममा सबै जीवाणु र विषाणु नष्ट हुन्छन् । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखी संरक्षण गर्नुपर्ने हुन्छ ।

मासुलाई २५० डिग्री फरेनहाइट तापमा पकायो भने सबैखाले जीवाणु/विषाणु नष्ट हुन्छन् । यसबाहेक मासुलाई जलविग्रहीकरण गरी सुकुटी बनाएर सुरक्षित राख्न सकिन्छ ।

परम्परागत मरमसला प्रयोग गरेर, अम्लीकरण गरेर, डिप फ्रिज वा फ्रिजमा राखेर, पकाएको मासु राम्रोसँग छोपेर फ्रिजमा राख्नु राम्रो हुन्छ । यसो गरेमा चाडबाडका बेला खाएको मासुबाट स्वास्थ्यमा कम असर पर्ने हुन सक्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : १६ बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित