फेरियो चेतनाको स्तर– उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री | Khabarhub Khabarhub

फेरियो चेतनाको स्तर– उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दीपायल– कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका डोटीका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका डोटीको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा प्रायःजसो धामीझाँक्री उपचार तथा जाँच गराउन आउन थालेका छन् ।

पछिल्लो समय विभिन्न किसिमका रोग देखा पर्न थालेका र देउताकै भर पर्दा ज्यान नै खतरामा पर्ने भएकाले आफूहरुले बिरामीलाई अस्पताल तथा चिकित्सककहाँ पठाउने गरेको बोगटान फुड्सिल गाउँपालिका–५ भतालीका धामी देवबहादुर बोहराले बताए ।

उनले भने, ‘सुदूरपश्चिममा धामी तथा देउताप्रति आस्था र विश्वास नभएको चाहिँ होइन, स्थानीयवासीले विश्वास गर्छन्, तर सबै बिरामी देउताले निको पार्न नसक्ने भएकाले बिरामीको अवस्था र उसलाई लागेको रोगबारे बुझेर हामी अस्पताल जाने सल्लाह दिने गर्छौँ ।’

बिरामी उपचार गराउन अस्पताल तथा चिकित्सक खोज्न थालेपछि सुदूरपश्चिमका अधिकांश धामीझाँक्रीको आम्दानी शून्य हुन थालेको दिपायलका कलकबहादुर खत्रीले बताए ।

डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा विगत समयमा मानिस सामान्य बिरामी पर्दा पनि धामीझाँक्रीकहाँ धाउने चलन थियो । अहिले उक्त चलन क्रमिकरूपमा हट्न थालेको छ ।

यहाँका धामीझाँक्रीले ठूलो रोगबाहेक अन्य केही मसान, पिचास, बोक्सी लागेको भने निको पर्ने गरेको पिपल्लाका पदम दासले बताए । यसरी मसान, पिचास, बोक्सी लागेको छुटाउन यहाँका धामीझाँक्रीले बोका, कुखुरा, राँगा तथा हासको बलि दिने चलन छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ११ : २० बजे

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्