इजरालमा १ वर्षमै दोस्रो आम निर्वाचन– मंगलबारदेखि मतदान शुरु | Khabarhub Khabarhub

इजरालमा १ वर्षमै दोस्रो आम निर्वाचन– मंगलबारदेखि मतदान शुरु


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा १ वर्षभित्रै दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो ।

इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा छन् । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा छन् । तर, चुनावी मत सर्वेक्षणले उनको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् ।

यस चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् । इजरायली मतदाताको पछिल्लो रुझान गठबन्धन सरकारतर्फ झुकेको देखिएको छ ।

यसअघि गत अप्रिलमा संसदका लागि आमनिर्वाचन भएको थियो । उक्त चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बन्न सफल भएपनि पूर्ण बहुमत भने हासिल गर्न सफल भएन ।

साना दलको सहयोग लिएर सरकार बनाए पनि अभिगडोर लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो । लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले  संसद बिघटन गरी नयाँ निर्वाचनको मिति तोकेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : ५५ बजे

‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’

लहान– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र नेपालको संविधानअनुसार

रामहरि खतिवडालाई प्रचण्डले भने- पदमा बस्ने अधिकार छैन, राजीनामा दिनुस्

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

फिक्कल– गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने

पर्सामा अनुदानको मलले माग पूरा गर्न मुस्किल

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले रासायनिक मल वितरण प्रणालीलाई व्यवस्थित

‘कुलिङ पिरियड’मा चलखेल भएको विधेयक नै ‘कुलिङ’मा

काठमाडौँ – निजामती कर्मचारीका लागि ‘कुलिङ पिरियड’ (विश्राम अवधि) व्यवस्था