पोखरा र सिरहाबाट १३ जुवाडे पक्राउ « Khabarhub

पोखरा र सिरहाबाट १३ जुवाडे पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लाको सुखीपुर नगरपालिका–८ स्थित एक होटलमा जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विवेक सप्लायर्स कोल्ड रमेर एण्ड होटलमा राति १० बजे तास खेलिरहेको अवस्थामा दुई लाख २१ हजार चार सय ४५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सुखीपुर नगरपालिका–८ बस्ने ४० वर्षीय रञ्जित साह, सोही स्थानका ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय रामजित साह, ४० वर्षीय राम किसुन महत्तो, ४० वर्षीय रामबिलास मुखिया रहेका छन् ।

यता, पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु सेवा समितिको भवनमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–९ बस्ने ५५ वर्षीय याम कुमार थापालगायत ८ जनालाई नगद २५ हजार १ सय १० रुपैयाँ र ४ बुक ताससहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ३ : ३५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको