कर्मचारी सञ्चय कोषमा ३ खर्ब ९ अर्ब रकम जम्मा | Khabarhub Khabarhub

कर्मचारी सञ्चय कोषमा ३ खर्ब ९ अर्ब रकम जम्मा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकम ३ खर्ब ९ अर्ब ८५ करोड पुगेको छ ।

कर्मचारी सञ्चय कोषले आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो ।

त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।

कोषले गत साउन महिनासम्ममा ३१ अर्ब ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ । कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी गरेको छ ।

प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताए । त्यसका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने कोषको योजना छ ।

कर्मचारी सञ्चय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख सञ्चयकर्ता रहेका छन । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेमा एक लाख तथा घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च दिने गरी स्वास्थ्य बिमा सेवा पनि सञ्चालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिए ।

त्यसैगरी कोषले सञ्चयकर्ताहरुलाई आफ्नो सेवाकालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएमा दुई लाख रुपैयाँ दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४७ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो