असारदेखि बन्द मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा | Khabarhub Khabarhub

असारदेखि बन्द मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाल–चीन सञ्चालनमा रहेको प्रमुख ब्यापारिक नाका रसुवागढीबाट ओहोर–दोहोर गर्ने मैलुङ–स्याफ्रुबेँसी सडक मंगलबारदेखि सञ्चालनमा आएको छ ।

रसुवागढी हुँदै आउजाउ गर्न पासाङल्यामु राजमार्गको राम्चे–ग्राङ खण्डमा भदौ २५ गते पहिरो गएपछि अबरुद्ध यातायात सेवा मैलुङतर्फबाट खुलाइएको हो ।

नेपाल–चीनबीचको द्रुतमार्ग अन्तरगत नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेँसी सडकमा ठूल्ठूला ढुङ्गा सहितको पहिरो खसेका कारण गत असारदेखि बन्द गरिएको थियो ।

शनिबारदेखि मर्मत सुरु गरिएको सडकको पहिरो पन्छाउने र जोखिम हटाउने कार्य पूरा गरेर मंगलबार साँझदेखि गाडी सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

राम्चे–ग्राङ खण्ड अन्तरगत रसुवाको कालिका गाउँपालिका वडा नं. १ को नाकुरदुङमा सडक भासिएर यातायात सञ्चालन गर्न कठिन र मर्मतको लागी समयअवधि समेत धेरै लाग्ने भएका कारण तीन महिनादेखि बन्द रहेको मैलुङ–स्याफ्रुबेँसी सडक सुचारु गरिएको छ ।

सडक सञ्चालनमा आएसगै रसुवागढी नाकाहुदैँ दशै पर्वलाई लक्षित गरेर नेपाल भित्र्याएका मालबाहक कन्टेनर गन्तव्यतर्फ लागेका छन् । भदौ २५ देखि रसुवागढी भन्सारमा जाँचपास गरेका कन्टेनरको सङख्या पाचसय भन्दाबढी भएपनि फलफूल बोकेका गाडीलाई पहिलो प्रथामिकता दिएर मैलुङतर्फको सडकबाट आवत–जावत सुरु गरेको रसुवा प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय नाकाको रुपमा रसुवागढी पुग्न पासाङल्यामु मार्गको धुञ्चेतर्फबाट भन्दा २५ किलोमिटर दुरी छोटो पर्ने र घुम्ती समेत नभएका कारण मैलुङबाट सिधै स्याफ्रुबेसी पुग्ने सडक चालकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ ।

मैलुङ–स्याफ्रुबेसीँ सडक धादिङको गल्छीबाट नुवाकोटको त्रिशूलीहुदै सिधै रसुवागढी पुग्नसक्ने गरेर निर्माण भइरहेको राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनामा समावेश गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ३० बजे

महाकाली सामुदायिक वनले आयमूलक कार्यक्रममा लगानी बढाउँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिका-६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक