‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’ « Khabarhub

‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सम्बन्धलाई सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले मंगलबार आयोजना गरेको ‘नेपाल वायुसेवा निगमको जापान उडानलाई दीर्घकालीन तथा व्यवस्थित बनाउन आयोजित छलफल’का वक्ताहरुले पर्यटन बोर्ड र निगमको सम्बन्ध मजबुद भए मात्र नेपालमा जापानी पर्यटकको सङ्ख्या वृद्धि हुने बताएका हुन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुमधुर भए मात्र मुलुकमा धेरै पर्यटक भित्रिने बताए । “नेपालमा जापानी पर्यटक भित्र्याउनका लागि जापानी राजदूतावाससँगको सम्बन्धलाई थप मजबुद बनाउनु जरुरी छ”, उनले भने ।

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक टङ्कनिधि ढकालले नेपाल वायुसेवा निगमलाई बलियो बनाउन पर्यटन क्षेत्रकै महत्वपूर्ण भूमिका रहने बताए । “पर्यटन व्यवसायीको अनुभव र हौसलाका कारण नै नेपाल वायुसेवा निगम चल्न सक्छ”, उनले भने ।

सन् १९५८ मा स्थापना भएको नेपाल वायुसेवा निगमले हाल देश तथा विदेशमा विभिन्न जहाज मात्र सेवा प्रदान गर्दै आइरहेको छ । १२ वर्षपछि नेपाल–जापान हवाई सेवा विस्तार गरेको निगमलाई व्यवस्थित बनाई धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नाट्टाका महासचिव रमेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : ०२ बजे

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२

इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इरानमाथि भएको आक्रमणको आलोचना गरेका

जावलाखेल मतदान केन्द्र महिलामैत्री बनाइयो

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नम्बर