‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’ « Khabarhub

‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सम्बन्धलाई सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले मंगलबार आयोजना गरेको ‘नेपाल वायुसेवा निगमको जापान उडानलाई दीर्घकालीन तथा व्यवस्थित बनाउन आयोजित छलफल’का वक्ताहरुले पर्यटन बोर्ड र निगमको सम्बन्ध मजबुद भए मात्र नेपालमा जापानी पर्यटकको सङ्ख्या वृद्धि हुने बताएका हुन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुमधुर भए मात्र मुलुकमा धेरै पर्यटक भित्रिने बताए । “नेपालमा जापानी पर्यटक भित्र्याउनका लागि जापानी राजदूतावाससँगको सम्बन्धलाई थप मजबुद बनाउनु जरुरी छ”, उनले भने ।

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक टङ्कनिधि ढकालले नेपाल वायुसेवा निगमलाई बलियो बनाउन पर्यटन क्षेत्रकै महत्वपूर्ण भूमिका रहने बताए । “पर्यटन व्यवसायीको अनुभव र हौसलाका कारण नै नेपाल वायुसेवा निगम चल्न सक्छ”, उनले भने ।

सन् १९५८ मा स्थापना भएको नेपाल वायुसेवा निगमले हाल देश तथा विदेशमा विभिन्न जहाज मात्र सेवा प्रदान गर्दै आइरहेको छ । १२ वर्षपछि नेपाल–जापान हवाई सेवा विस्तार गरेको निगमलाई व्यवस्थित बनाई धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नाट्टाका महासचिव रमेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : ०२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।