अफगानिस्तानमा भएका विष्फोटको जिम्मा तालिबानले लियो « Khabarhub

अफगानिस्तानमा भएका विष्फोटको जिम्मा तालिबानले लियो


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– ३० जनाको ज्यान जानेगरी अफगानिस्तानमा गराइएका दुई बम विष्फोटको जिम्मा इस्लामिक लडाकु समूह तालिबानले लिएको छ ।

मंगलबार अफगानिस्तानको परवान प्रान्तको राजधानी चारिकर शहरमा राष्ट्रपति अशरफ घानी सहभागी रहेको चुनावी र्‍याली नजिकै गराइएको विष्फोटमा २४ जनाको ज्यान गएको थियो । यस आक्रमणमा ३१ जनाभन्दा धेरै घाइते भएका थिए । आक्रमणमा राष्ट्रपति घानी भने सुरक्षित रहेको अधिकारीले जनाएका छन् ।

त्यस्तै, मंगलबारै राजधानी काबुलमा गराइएको अर्को बम विष्फोटमा ६ जना मारिएका थिए । आक्रमणमा अरु १४ जना घाइते भएका थिए ।तालिबानले विज्ञप्ति जारी गर्दै दुबै आक्रमणको जिम्मा लिएको हो ।

विज्ञप्तिमा तालिबानले पटक–पटक मानिसहरुलाई चुनावी र्‍यालीमा नजान उर्दी जारी गरेकाले आक्रमणका पीडितहरु आफ्नो अवस्थाका लागि आफैं जिम्मेवार रहेको जनाएको छ ।

अफगानिस्तानमा ११ दिनपछि हुने राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै गर्दा तालिबानले चुनावी समारोहलाई लक्षित गरी आक्रमणलाई बढाउने आशंका गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : ५२ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा