ख्याल गरौं शरीरमा आउने मुसा क्यान्सरको कारण हुनसक्छ « Khabarhub

ख्याल गरौं शरीरमा आउने मुसा क्यान्सरको कारण हुनसक्छ


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाईंको शरीरमा मुसा आएका छन् । यदी छन् भने सचेत हुनुहोस र चाँडै यसको उपचारमा जुट्नुहोस् । किनभने चिकित्सकहरुले शरीरमा आउने मुसा क्यान्सरको लक्षण पनि हुनसक्ने बताएका छन् ।

सामान्य रुपमा छाला बिगार्ने जस्तो देखिए पनि मुसाले क्यान्सरको संकेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसैले शरीरमा मुसा फैलिएमा अलि सचेत हुन आवश्यक छ ।

यदि तपाई जन्मिदा देखिने कुनै मुसा छ भने यो हानीकारक हुँदैन, तर जन्मेपछि मुसा भएको हो या ठुलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यो क्यान्सरको कारक बन्न सक्छ ।

यदि कुनै व्याक्तिमा ३० बर्षको उमेर पछि मुसा पलाएको छ भने त्यसमा क्यान्सरका हुने खतरा बढी रहन्छ । यस्तो अवस्थाका मुसा खतरानाक हुन्छ शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजर अन्दाज गर्नु हुँदैन ।

यदि मुसा भएको ठाउँ चिल्लाउ छ भने पनि यसलाई हलुका किसिमले लिनु हुँदैन । तुरन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

किन आउँछ मुसा ?

जन्मिएपछि देखा पर्ने मुसाको मुख्य कारण ईन्फेकसन नै हो । यी मुसाहरु शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो ।

छालामा पेपिलोमा भाइरसको कारण सासाना, खस्रो, कडा खालको, नदुख्ने दानाहरु छालामा पलाएको देखिन्छ । केही प्रकारका मुसाहरु शारीरिक सम्पर्कको माध्यमले पनि एक अर्को सम्म पुग्छ ।

मुसा तोरीको दानादेखि अंगूरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ ।

सामन्यतया शरीरमा देखिने मुसाहरु कालो, खैरो, सेतो, रातो हुन्छन् । काही छालाको रंग जस्तै पनि हुन्छ । जसले गर्दा मानिसलाइ मुसा आएको थाहा नै हुदैन । यसकारण मानिसहरु यसको बारेमा ध्यान दिदैनन ।

कुन मुसा कस्तो कसरी थाहा पाउने

धेरैजसो मुसाहरु छालाको सतह भन्दा आलिकमाथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो किसिमको पनि हुन्छ, भने केहि चिल्लो मुलायम र च्याप्टो सतह भएको हुन्छ ।

कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको । केही मुसा भने छुँदा दुख्ने खालको हुन्छ । कुनै ऐजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउछ । हेर्दा घिन लाग्ने देखिन्छ, यस्ता मुसाहरु बिषेशगरि हात र खुट्टामा देखिन्छ ।

मुसाका प्रकार

साधारण देखिने मुसालाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका अंगमा बढी देखिन्छ । यी मुसा साना देखि अत्यन्त ठुला पनि हुनसक्छ ।

यो मुसा हेर्दा खस्रो देखिने, साह्र्रो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बुढा सबैलाई यसप्रकारको मुसा आउँछ ।

च्याप्टो खालको मुसा (फ्लयाट वार्टस) : बच्चा र व्यस्यक व्याक्तिमा बढी देखिन्छ । बिषेशगरी केटाकेटीको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसा जस्तो सजिलै थाहा पाउन सकिन्न ।

यस्ता मुसा सासाना थोप्ला जस्ता देखिन्छन र यसको टुप्पो पनि समथर हुन्छ । यो दाह्री जुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हात मा पनि देखिन्छ ।

जेनिटल वार्टस (कन्डिलोमा) अर्थात गुप्तांगमा देखिने यो मुसा : सामान्यतया गुप्तांग वरिपरि र तिघ्राको बीचमा, तथा महिलाको योनीका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौन सम्पर्कबाट सर्छ ।

यी मुसाहरु आकारमा अंगुरका झुप्पा जस्ता ससानादेखि ठूला ठूला झुप्पा जस्ता पनि हुनसक्छ । हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुटाको पैतालामा हुने यस प्रकारका मुसाहरु दुख्ने र सार्हो हुनुको साथै बिचभागमा केही खाल्डोयुक्त हुन्छ ।

यसले गर्दा ब्याक्तिलाई हिडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरपर यस्तो मुसा आउँदा अत्यन्तै दुख्ने हुन्छ । यस्तै अर्को प्रकारको मुसा जुन प्रायः गरी (बुचर) कसाइ (मासु काटी रहने मान्छेको हातमा देखिन्छ । यसप्रकारको मुसालाई बुचर वार्टस भनिन्छ ।

यो साहै कडा हुन्छ र हेर्दा काऊली जस्तो देखिन्छ ।

कसरी गर्ने उपचार

मुसा ६ महिनादेखि बर्ष दिनभित्र आफै हराएर जान थाल्छ । त्यसको लागि कुनै विषेश उपचार गरिहाल्नु पर्दैन । शरीरका बिभिन्न भागमा रहेका मुसाको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ ।

जस्तैं भौतिक रुपले नष्ट गर्ने, करेन्टले डामेर वा लेजर प्रबिधिबाट मुसालाई हटाउने गरिन्छ । यी विधिका आफ्नै जटिलता र धेरै साईड ईफेक्टहरु पनि छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : १६ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना