खानामा गुलियो र प्रोटिनको मात्रा बढी भएको त छैन ? स्वास्थ्यमा पुर्‍याउँछ यस्तो असर « Khabarhub

खानामा गुलियो र प्रोटिनको मात्रा बढी भएको त छैन ? स्वास्थ्यमा पुर्‍याउँछ यस्तो असर


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अझै चाडपर्व सकिएको छैन । मुखमै तिहार र छठ पर्व छन् । अरु तुलनामा यो समयमा माछामासु तथा प्रोटिनयुक्त खानेकुरा बढी प्रयोगमा ल्याइन्छ ।

हामीले विभिन्न खाना र पेय पदार्थको सेवन गर्ने गर्छौ । यसमा गुलियो पेय पदार्थ र प्रोटिनको मात्राको भने ख्याल गर्नुपर्छ । किनकी खानामा खुलियो पेय पदार्थ र प्रोटिनको मात्रा बढी भएको खाना एकैसाथ खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।

“बिएमसी न्युट्रिसन” जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार गुलियो पेय पदार्थ र उच्च प्रोटिनयुक्त खानाहरु जस्तै माछामासु, चीज आदि खानाले शरीरमा बोसोको संचय बढाउने र कालान्तरमा त्यो शरीरको लागि हानिकारक हुने उल्लेख छ ।

मानिसलाई थप नुनिलो खानेकुरा खान प्रेरित गर्ने कुरा पनि सो अनुसन्धानपछि प्रकाशित लेखमा उल्लेख गरिएको छ । सो अनुसन्धान औषत २३ वर्ष उमेर भएका २७ जना युवाहरुमा गरिएको थियो । अनुसन्धानमा भाग लिएकाहरुलाई १५ प्रतिशत र ३० प्रतिशत प्रोटिन भएको खाना र गुलियो पेय पदार्थ खान दिइएको थियो ।

अनुसन्धानमा सम्मिलित पोषण विज्ञ डा. इयान जोनसनका अनुसार गुलियो पेय पदार्थ र प्रोटिनयुक्त खानाले शरीरको शक्तिसंचयको आन्तरिक प्रक्रियामा असर गर्ने र तौल बढाउने तथ्य यस अनुसन्धानले स्थापित गरिदिएको छ ।

त्यसोत सन्तुलित आहार नहुँदा शरीरमा विभिन्न किसिमका रोगको संक्रमण शुरु हुन्छ । त्यसैले रोग लाग्नु भन्दा पहिले यसबारे सचेत हुनु जरुरी हुन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ३७ बजे

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको