शरीरमा खटिरा आउँदा खुर्सानीको लेप ! « Khabarhub

शरीरमा खटिरा आउँदा खुर्सानीको लेप !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया खुर्सानी भान्सामा अधिक प्रयोग गरिन्छ । कसैलाई खुर्सानीविना खाना नरुच्नेसम्म पनि हुन्छ ।

पिरो खान नसक्नेहरुका लागि खानामा खुर्सानीको नाम सुन्ने वित्तिकै पसिना समेत निस्किन्छ । तर, खुर्सानी स्वादका लागि मात्र होइन । यसमा धेरै औषधीय गुणहरु हुने चिकित्सकहरु बताउँछन् । खुर्सानीको औषधीय गुण र प्रयोगबारे यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

शरीरमा स-साना खटिरा आएको खण्डमा कलिलो खुर्सानीको लेप लगाउनाले केहि मात्रामा पोले पनि समस्या ठिक गर्न सहयोग पुग्छ । चिलाउने रोग, दाद तथा लुतो आएको बखतमा तेलमा खुर्सानी खारेर त्यसले मालिस गरे आरम हुन्छ ।

माकुराले छेरोको ठाँउमा उठेको बिमिरालाई हटाउन हरियो खुर्सानी पिसेर लगाउने हो भने तुरुन्त फाइदा मिल्छ । बारुलो, अरिंगाल, बिच्छी तथा माकुरोले टोकेको ठाउँमा तुरुन्त खुर्सानी दल्ने हो बिष मर्छ र सुन्निने सम्भावना कम हुन्छ ।

यसरी लगाउँमा शरीरमा जलन भएपनि बिषको असर विस्तारै हटेर जान्छ ।खुर्सानीले ग्यास्ट्राइटिस ठिक पार्छ भन्ने भ्रममा परी सिमा नाघेर खुर्सानी खानु भने स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वास्तवमा ग्यास्टाइटिस पेटमा अधिक अम्लपित्त बढ्नाले हुने गर्छ । अम्लपित्त दाहकरण हुने हुनाले खुर्सानीको दाहले पेटको दाहलाई काटेर ग्यास्ट्राइटिस शान्त भएझैैं भ्रमपूर्ण अनुभव गराउँछ ।

तर, बढ्दो अम्लपित्तलाई काट्न भविष्यमा अरु बढी र अझ पिरो खुर्सानी खानुपर्ने हुन्छ । तातोले तातो काट्ने अपूर्ण सिद्धान्तझैं खुर्सानी खाई ग्यास्ट्राइटिस निको पार्न खाज्नु पूर्णत अस्वस्थकर विधि हो ।

केही अनुसन्धानहरुले देखाएका छन् कि खुर्सानीको अतिप्रयोगले मानसिक बेचैनी, मनोभ्रम, र अन्तत पागलपनजस्ता समस्या आउने खतरा रहन्छ ।

यसको सेवन क्षमताभन्दा थोरै मात्रा पनि बढि भयो भने त्यसले केही समयमा नै पिडादायी अम्लपित्त उब्जाउने सतप्रतिशत सम्भावना रहन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ५२ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा