‘छ माया छपक्कै’ चल्दा केकीलाई कति फाइदा ? « Khabarhub

‘छ माया छपक्कै’ चल्दा केकीलाई कति फाइदा ?


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारीका झण्डै २ दर्जन फिल्म एकपछि अर्को गर्दै फ्लप भए । कति फिल्मले चर्चा पाए, कति फिल्म हलमा रिलिज भएको र गएको समेत दर्शकले भेउ पाएनन् । भलै केकीलाई राम्रो अभिनय गर्ने अभिनेत्रीका रुपमा भने लिइन्छ ।

यतिबेला भने केकीको चर्चा चलेको छ । उनी पनि लामो समयपछि आफूले चाहेको जस्तो फिल्ममा काम गर्न पाएको बताउँछिन् । त्यसो त केकीले आफूले चाहेजस्तो फिल्म बनाउन आफै निर्मात्री बनेकी थिइन् । उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ पनि फ्लप भएको थियो ।

अझ यो फिल्मबाट त केकीले स्किृप्ट चोरी गरेको भन्दै विरोधको सामना गर्नुपर्‍यो ।

यतिबेला भने फिल्म ‘छ माया छपक्कै’ ले केकीलाई सफलताको स्वाद चखाएको छ । उनको यो फिल्म फिल्म हलमा राम्रो चलिरहेको छ । मल्टिस्टारर यो फिल्ममा दीपकराज गिरीको समूह हाबी हुन्छ कि भन्ने पनि अनुमान गरिएको थियो । तर, फिल्मबाट केकीको पनि राम्रो चर्चा भयो । यो फिल्म हेरेका दर्शकले केकीको पनि जबरजस्त फ्यान भएको प्रतिक्रिया दिएका छन् ।

राम्रो गर्न खोज्दा पनि व्यावसायिक रुपमा असफल चलचित्र दिएकी केकीलाई लागि यो पनि पक्कै फाइदैको कुरा हो । अब आगामी चलचित्र ‘झिंगे दाउ’ मा उनको अभिनय कस्तो रहनेछ त्यो भने हेर्न बाँकी छ । त्यसो त केकी एक्लैले पनि फिल्म राम्रो बनाउने भन्ने होइन । पहिले त फिल्म नै राम्रो बन्नुपर्ने हुन्छ ।

जे जसो भए पनि ‘छ माया छपक्कै’ भने केकीको करिअरको व्यावसायिक हिट फिल्ममध्ये एक हुन सफल भएको छ । केकीका लागि यो फाइदाकै कुरा हो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ११ : ३३ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर