कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति | Khabarhub Khabarhub

कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरेको हो ।

अस्पतालका अनुसार करीब नौ हजार नागरिकमा मोतियाविन्दुको समस्या छ । अस्पतालका प्रबन्धक घनबहादुर थापाले बिरामीमध्ये तीन हजार ४०० नागरिकसम्म मात्र उपचारको पहुँच पुगेको बताए ।

‘कर्णालीका कतिपय जिल्लामा स्तरीय आँखा उपचार केन्द्र छैनन्, दूरदराजमा अझै आँखाको समस्यालाई स्वास्थ्य समस्या मान्ने गरिएको छैन्’, उनले भने, ‘आँखा संवेदनशील अङ्ग भए पनि भौगोलिक विकटता, साक्षरताको कमी र गरीबीका कारण थुप्रै न्यून दृष्टियुक्त व्यक्तिहरु अस्पतालसम्म आउन सक्दैनन् ।’

कर्णाली प्रदेशको एक मात्र सुविधासम्पन्न आँखा अस्पताल भएकाले यहाँ दिनहुँ बिरामीको भीड लाग्ने गर्दछ । प्रबन्धक थापाले प्रदेशका ६० हजार नागरिकलाई वर्षेनी आँखासम्बन्धी समस्याको निदानका साथै परामर्श दिने गरेको जानकारी दिए ।

आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एकपटक विशेषज्ञद्वारा आँखा जाँच गराउन जरुरी रहेको उनको भनाइ छ । अस्पतालले हालसम्म झण्डै एक हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : २४ बजे

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी 

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल

दाइजोविरुद्ध १७ वर्षदेखि संघर्षरत रुवीको प्रश्न- अपराधीको ढाकछोपमा सरकार किन उत्रिन्छ ?

रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका

रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग पराजित

म्याड्रिड – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा रियल

छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौं- पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्व मनाउन थालिएको

कार्तिक नाच आजदेखि सुरु हुँदै

ललितपुर– तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु