तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै | Khabarhub Khabarhub

तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ ।

निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो । जसअनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

भरतपुर महानगरपािलका–१६ मा विसं २०७६ असोज ७ गते १८ वर्ष पूरा भएका र खैरहनी नगरपालिकाका मतदाताको हकमा साउन १६ गते १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउनेछन् । ती वडामा वडाध्यक्षको निधनपछि पुनः मतदान हुनलागेको हो ।

ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा तीन मतदानस्थलमा १० केन्द्र रहनेछन् भने खैरहनी नगरपालिका–४ मा दुई स्थानमा तीन केन्द्र र ५ मा एक स्थानमा दुई केन्द्र रहनेछन् । निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाकर्मीबाहेक १३५ कर्मचारी खटिने उहाँले जानकारी दिनुभयो । ६० स्वयंसेवक मतदानस्थलमा नै नियुक्ति हुनेछन् भने ७५ कर्मचारी कार्यालयले खटाउने तयारी गरेको छ ।

विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षको निधनपछि पुनः निर्वाचन प्रक्रियामा जानुपरेको हो । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको विसं २०७६ असोज ४ गते क्यान्सर रोगका कारण निधन भएको थियो भने खैरहनी नगरपालिका–४ र ५ का वडाध्यक्ष क्रमशः नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको विसं २०७४ फागुन ७ गते दुर्घटनामा परी मृत्यु भएको थियो ।

अहिले निर्वाचन हुन लागेका वडामा खैरहनीका दुई वडा काङ्ग्रेस र भरतपुर महानगरको वडा नं १६ को वडाध्यक्षमा तत्कालीन नेकपा एमाले विजयी भएको थियो । तीनै वडाका लागि नेपाली काङ्ग्रेसले उम्मेदवार तय गरिसकेको छ भने नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाउने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ११ : ४३ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक