एनआरएनएको चुनावी राजनीति–युरोप र मध्यपूर्वबीचको लडाइँ ! | Khabarhub Khabarhub

एनआरएनएको चुनावी राजनीति–युरोप र मध्यपूर्वबीचको लडाइँ !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ नेतृत्व चयन गर्ने गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ ।

गैरआवासीय नेपाल संघलाई मजबुद र पारदर्शी बनाउने योजनासहित सम्मेलनमा भेला भएका गैरआवासीय नेपालीहरु नयाँ नेतृत्व चयन गर्न मतदान गर्ने लाइनमा बस्दा तोडफोडमा उत्रिए ।

यही तोडफोडका कारण बुधबारदेखि शुरु भएको मतदान प्रक्रिया स्थगित भयो । स्थगति मतदान बिहीबार फेरि शुरु भएको छ ।

मतदान केन्द्रमा रहेको भोटिङ मेसिन बिग्रिएर मतदान स्थगित गरिएको एनआरएनका पदाधिकारीले दाबी गरेपनि यसको अन्तरकथा फरक रहेको सम्मेलनमा सहभागीहरु नै बताउँछन् ।

सम्मेलनका क्रममा मध्यपूर्वबाट प्रतिनिधित्व गर्नेलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन दबाब दिएपछि विवाद उत्पन्न भएको हो ।

यही विवादले उग्र रुप लिएर तोडफोडको स्थितिमा पुगेको थियो ।

गैर आवासीय नेपालीहरुले विदेशको व्यवस्थित प्रणाली सिकेर नेपालमा पनि लागू गराउन पहल गर्लान भन्ने अपेक्षा गरेपनि उनीहरु झन धेरै विध्वसात्मक बन्न थालेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।

एनआरएनएको सम्मेलनमा सहभागीहरु तोडफोर्डमा उत्रँदा होटल हायातमा कुर्सी टेबल नै टुटफुट भएका थिए ।

यो देखिएको विवाद हो । यसभित्र पनि एनआरएनएका पदाधिकारीबीच हात हालाहालकै स्थिति भएको थियो । सम्मेलनमा सहभागी एक प्रतिनिधिले भने, ‘बन्दसत्रदेखि नै विवाद शुरु भएको हो । सम्मेलनका क्रममा राजनीतिकरण भएको र नेकपाका नेता र मन्त्रीलाई मात्र सम्बोधन गर्न दिएको भन्दै प्रतिनिधि नै हात हालाहालको अवस्थामा पुगेका थिए ।’

उनले यो गतल अभ्यास भएको भन्दै यसले दिने सन्देश पनि राम्रो नहुने बताए ।

स्थापनाकालदेखि ज्ञान, शिक्षा र प्रविधिमा नेपालसँग सहकार्य’ भन्ने नाराका साथ अघि बढेको एनआरएनए पुरानो शैली र बलमिच्च्याईसहितको तोडफोडमा उत्रनु भएको गैरआवासीय नेपाली कै लागी ठूलो चुनौती रहेको सहभागीहरु बताउँछन् ।

एनआरएनए भित्रको आन्तरिक भेदभाव भनेको के हो ?

एनआरएनएका प्रतिनिधिहरु मध्यपूर्व र युरोपका गरी दुई भागमा विभाजन भएका छन् । युरोपसहित विकसित देशका प्रतिनिधिले पावर र पैसाको भरमा पद लिने गरेको भन्दै मध्यपूर्वका प्रतिनिधिले आरोप लगाउने गरेका छन् ।

एनआरएनएका सचिव डिबी क्षेत्रीले पनि एनआरएनभित्रको भेदभावको कुरा स्वीकार गर्दै अहिलेसम्म विकसित देशमा बसेकै व्यक्तिले मात्र नेतृत्व लिने गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।

‘युरोप र विकाशित देशका एनआएनएले जहिले पनि आफु उच्च पदमा रहेर काम गर्नुपर्ने दाबी गर्छन । नवौं महाधिवेशन सम्म आइपुग्दा पनि उनीहरुको हावी छ । मध्यपुर्वका प्रतिनिधिलाई अझपनि भोट बैकका रुपमा प्रयोग गर्ने खोजी रहेका छन्,’ उनले भने, ‘मध्यपूर्वका एनआरएनएलाई कसरी एकआपसमा सगंठित हुन नदिन र यसरी मतभेद उत्पन्न गराएर फाइदा लिइरहेका छन् । जसका कारण मध्यपुर्वका एनआएनए भने भोटर मात्र भइरहेका छन् ।’

राजनीतिका कारण पनि मध्यपूर्वका एनआरएनए ओझललेमा परेको उनको भनाइ छ ।

के हो विवाद

एनआरएनएभित्र राजनीतिक छिराएर एकाधिकार जमाउन खोजेको आरोप–प्रत्यरोप पनि शुरु भएको छ । नवौं महाधिवेशनमा ४२ पदका लागि ७६ जना उम्मेदवारी मैदानमा छन् । यी धेरै राजनीतिक पार्टीमा संग्लन भएको केही प्रतिनिधिको आरोप छ ।

बुधबार इलोक्टोनिक मतदान शुरु भएपछि भोटिङ मेसिनमा प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित गरिएको थियो । मतदान स्थागित भएपछि एनआरएनका प्रतिनिधिले नाराबाजीसँगै कुर्सी तोडफोड समेत गरेका थिए ।

मतदान ढिलो शुरु गरेको एनआरएनका केही प्रतिनिधिको आक्रोशित समुहले मतदान स्थल बाहिरका केही टेबल कुर्सी तोडफोड गरेका थिए । भने १ घन्टा नारावाजी समेत गरेका थिए । नारावाजीमा राजनीतिक मुक्त एनआरएन बनाउन भन्दै आक्रोशित समुहले तोडफोडमा उत्रीएका थिए ।

एनआरएनएलाई राजनीतिक मुक्त संस्था बनाउनपर्ने तर, विगत केही समययता राजनीतिकको प्रभाव देखापर्ने थालेको एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने बताउँछन् । एनआरएनए निष्पक्ष संस्था बनाउनुपर्नेमा हाम्रो जोड गरिहेको उनले बताए ।

‘एनआरएनए भनेको विदेशमा कर्मथलो बनाएका प्रतिनिधिहरू मिलेर बनाएको संस्था हो । यो ठूलो संस्था हो, यो संस्थाप्रति नेपालभित्र र बाहिर पनि ठूलो अपेक्षा छ,’ उनले भने, ‘संस्थाको वर्तमान र आगामी दिनमा गर्नुपर्ने काम धेरै छ । विगतमा र आगामी दिनमा संस्थाको उद्देश्य प्राप्तिका लागि काम गर्नुपर्छ । मेरो पनि यहि विश्वास छ ।’

पाँचौ सम्मेलनदेखि एनआरएन दुई धारमा देखा पर्ने थालेको उनको भनाइ छ । बामपन्थी र कांग्रेसका प्रतिनिधि जस्तो प्रष्ट देखिन थालेको उनको बुझाइ छ ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मंगलबारदेखि शुरु भएको संघको नवौँ सम्मेलनमा भाग लिन ८१ राष्ट्रबाट करिब २ हजार ५ सय गैरआवासीय नेपाली सहभागी छन् ।

करिब ७० लाख नेपाली विदेशमा रहेको सरकारी अनुमान रहेपनि एनआरएनको सदस्य भने ७० हजार मात्र छन् । पछिल्लो समय एनआरएनएमा विस्तारै राजनीति प्रवेश गरेको छ । जसका कारण उनीहरुबीच अवस्थ्य प्रतिस्प्रधा पनि देखापर्ने थालेको पाइन्छ ।

नारा एउटा काम अर्कै

नवौं सम्मेलनसम्म आइपुग्दा एनआरएनएको नारा भने लोकप्रिय भएपनि काम भने नारा जस्तो भएको छैन । उनीहरुले नवौं सम्मेलनसम्म आइपुग्दा विकास र अर्थतन्त्रमा सहयोग गर्ने प्रतिबद्धता गदै आएका छन् । तर, नारामा जस्तो नेपालमा विकास र अथतन्त्रमा सहयोग गर्ने काम गरेका छैन ।

उनीहरुले नारामा एउटा र व्यवहारमा अर्कै काम गदै आएको पाइन्छ । पछिल्लो समय एनआरएनको भुमिका प्रश्न उठन थालेको छ । उनीहरुले सम्मलेनका समय गरेको प्रतिबद्धता जस्तो काम गर्ने सकेका छैन ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १२ : ४० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत