कतारले विदेशी श्रमिकलाई अस्थायी रोजगार अनुमति दिने « Khabarhub

कतारले विदेशी श्रमिकलाई अस्थायी रोजगार अनुमति दिने


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार सरकारले आवश्यकताअनुसार छोटोअवधिका लागि विदेशी श्रमिक आपूर्ति गर्ने भएको छ । सन् २०२२ विश्वकप फुटवलको आयोजक राष्ट्र कतारले अस्थायी विदेशी श्रमिकका लागि रोजगारी अनुमति दिने भएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले हालै उक्त निर्णय भएको भन्दै सूचना जारी गरेको छ ।

कतारमा निर्माण तथा सेवा क्षेत्रमा धेरै अस्थायी श्रमिकको माग धेरै रहेको जनाइएको छ । उक्त मन्त्रालयको निर्णयअनुसार कतारका कम्पनीहरुले एक देखि तीन महिनासम्म ६ वटा क्षेत्रमा विदेशी अस्थायी श्रमिक रोजगारीमा ल्याउन लक्ष्य राखेको हो ।

कतार सरकारले विदेशी कामदारका सन्तानले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने नयाँ निर्णय पनि लागू गरेको मन्त्रालयले सूचनामा जानकारी गराएको छ ।

योभन्दा कतारमा काम गर्ने कम्पनीको स्पोन्सर अनिवार्य थियो । अब उनीहरूले आफ्नो परिवारको स्पोन्सर रहुञ्जेल स्पोन्सर परिवर्तन नगरी निजी क्षेत्रमा काम सक्ने व्यवस्था लागू गरिएको छ ।

कतारमा रहेका विदेशी कामदारलाई अनलाइन मार्फत् प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट दिने समेत जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १२ : ५१ बजे

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट

महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ

भैरहवा– शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको