द्रूतमार्गको निर्माणलाई तीव्रता दिन ड्रोनको प्रयोग « Khabarhub

द्रूतमार्गको निर्माणलाई तीव्रता दिन ड्रोनको प्रयोग


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनालाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ ।

आयोजनाको नियमित निगरानी, मूल्याङ्कन तथा थप प्रभावकारी व्यवस्थापनका लागि अत्याधुनिक प्रविधि (ड्रोन) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने नेपाली सेनाले जानकारी दिएको हो ।

आयोजना निर्माणको जिम्मा लिएको सेनाले द्रूत मार्ग सडक निर्माणकोे आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाका आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने जनाएको हो ।

सेनाले उक्त आयोजना तोकिएको समय सीमाभित्र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न सरकारको प्रचलित ऐन कानूनको परिधिभित्र रही खरीद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने जनाएको छ । त्यस कामको निम्ति आयोजना प्रमुखका रुपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्बहाली गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

सहायक रथी श्रेष्ठको विषयमा विभिन्न प्रकाशनमा सार्वजनिक भएका समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटिबाहेक कुनै पनि नियोजित त्रुटि नभएको र त्यसमा उहाँको संलग्नता नपाएको सेनाले स्पष्ट पारेको छ ।

साथै श्रेष्ठले जिम्मेवारी लिएका विगतका कार्यमा देखाउनुभएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन गर्नुका साथै राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखका रुपमा निरन्तरता दिइएको जनाइएको छ ।

प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैर सैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजनाअन्तर्गतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञको पारदर्शीपूर्वक छनोट तथा व्यवस्थापकीय पक्षमा विशेष जोड दिइएको छ ।

उक्त आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गाँसिएको तथ्य मनन् गरी आयोजनालाई पूर्ण पारदर्शी, नियमसङ्गत, गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

साथै राष्ट्रिय गौरवको उक्त आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ५७ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत