हङकङ तनाव– विश्वविद्यालयमा रहेका प्रदर्शनकारीमाथि प्रहरीले चलायो अश्रुग्यास र रवरको गोली « Khabarhub

हङकङ तनाव– विश्वविद्यालयमा रहेका प्रदर्शनकारीमाथि प्रहरीले चलायो अश्रुग्यास र रवरको गोली


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

आइतवार राति हङकङको एक विश्वविद्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा विश्वविद्यालयको गेटमा आगलागीसमेत भएको थियो ।

विश्वविद्यालयको प्रवेशद्वारसँगै ठूलो आगोको मुस्लो देखिएको थियो ।

प्रहरी विश्वविद्यालयमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारीले रोकेको र त्यसक्रमम प्रदर्शनकारीले प्रेट्रोल बम प्रहार गर्दा आगोलागेको हुनसक्ने जनाइएको छ ।

रातभर भएको प्रदर्शन र झडपछि प्रहरीले अहिले हङकङ विश्वविद्यालयलाई घेराबन्दी गरेको बीबीसीले जनाएको छ ।

धेरै प्रदर्शनकारीले विहान हुनासाथ विश्वविद्यालय छोड्न खोजेपनि प्रहरीले अश्रुग्यास र रवरको गोली प्रहार गरेर उनीहरुलाई रोक्न प्रयास गरिरहेको छ ।

हङकङमा हिंसात्मक विरोध प्रदर्शन तिब्र्र भएका कारण प्रदर्शनकारीले केही दिन देखि यो स्थानमा कव्जा जमाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको