माथिल्लो त्रिशुली थ्री ‘ए’ को आज उद्घाटन हुने | Khabarhub Khabarhub

माथिल्लो त्रिशुली थ्री ‘ए’ को आज उद्घाटन हुने


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६० मेघावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘ए’ विद्युत परियोजना सोमबार(आज) औपचारिक उद्घाटन हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ९ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाबाट हिउँदका तीन महिना ४५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको हो ।

आयोजनाको दोस्रो युनिटले पनि गत साउन १५ गतेदेखि परीक्षण उत्पादन शुरु गरेको थियो । झण्डै लागत १२ अर्ब ६० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको सरकार र विद्युत् प्राधिकरणको लगानी रहेको छ ।

२०६७ साल जेठ १४ गते चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएपनि झण्डै १० वर्षपछि आयोजना निर्माण भएको हो । २०७१ जेठ १७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको आठ अर्ब ९१ करोड ७८ लाखमा सम्झौता भएपनि चिनिया कम्पनीले समयमा काम नगर्दा लागत बढेको हो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ५९ बजे

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक