नवजात शिशुलाई चिसोबाट जोगाउन यस्तो गर्नुस् | Khabarhub Khabarhub

नवजात शिशुलाई चिसोबाट जोगाउन यस्तो गर्नुस्


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ  यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ ।बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ४३ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार