साढे २ लाख रुपैयाँसहित १७ जना जुवाडे पक्राउ « Khabarhub

साढे २ लाख रुपैयाँसहित १७ जना जुवाडे पक्राउ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले साढे २ लाख नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भद्रपुर–६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर–२ का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर–३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर–५ का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर–४ का २८ वर्षीय रवी राजवंशी रहेको कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुबाट २ लाख १० हजार ९१० र भारतीय रुपैयाँ ९ हजार ७ सय ७०, विभिन्न कम्पनीका मोबाइल १६ वटा र एक बुक तास नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै