साढे २ लाख रुपैयाँसहित १७ जना जुवाडे पक्राउ « Khabarhub

साढे २ लाख रुपैयाँसहित १७ जना जुवाडे पक्राउ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले साढे २ लाख नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भद्रपुर–६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर–२ का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर–३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर–५ का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर–४ का २८ वर्षीय रवी राजवंशी रहेको कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुबाट २ लाख १० हजार ९१० र भारतीय रुपैयाँ ९ हजार ७ सय ७०, विभिन्न कम्पनीका मोबाइल १६ वटा र एक बुक तास नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : ३५ बजे

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना