खुमलटारमा प्रचण्ड र माधव नेपालबीच डेढ घन्टा छलफल | Khabarhub Khabarhub

खुमलटारमा प्रचण्ड र माधव नेपालबीच डेढ घन्टा छलफल


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेसँगै सत्तारुढ दल नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

आइतवार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरका लागि प्रधानन्त्री ओलीलाई सहमति दिएसँगै आजै मन्त्रिमण्डल हेरफेरको तयारी रहेको बालुवाटार निकट श्रोतको भनाइ छ ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुले छलफल गरेका छन् ।

नेकपा नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनसहितका नेतबीच विहान साढे ८ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको थियो ।

‘दुई जना पूर्व प्रधानमन्त्रीहरुबीच करिब डेढ घन्टा छलफल भएको थियो’ खुमलटार श्रोतले भन्यो,‘विभिन्न मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहितको बैठकमा विकासका विभिन्न मोडलमा छलफल भयो, राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल हेरफेरका विषयमा पनि कुरा हुने नै भयो नि !’

‘मन्त्रिमण्डल हेरफेरका विषयमा कुराकानी भएको थियो तर कुनै निष्कर्ष भने निस्कने गरि छलफल भएको होइन सामान्य छलफल मात्र हो’ उनले भने ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ मन्त्रीहरुको विषयमा आफू निकट नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले आजै प्रचण्डसँग थप कुराकानी गरेर मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको स्रोतको दाबी रहेको छ ।
प्रचण्डले मन्त्रिहरु हेरफेर गर्ने विषयमा सहमति जनाइसकेका छन् ।

‘अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा सहमति जनाउनु भएको छ,’ प्रचण्ड निकट एक नेताले भने,‘प्रधानमन्त्री केही मन्त्रीको पर्फमेन्सदेखि असन्तुष्ट हुनुहुन्छ, फेर्नका लागि प्रचण्ड सहमत हुनुहुन्छ ।’

प्रचण्डले सहमति दिएपनि ओलीले पुरानालाई हटाएर नयाँ राख्ने मन्त्रीको विषयमा निर्णय गर्न नसकेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मातृका यादव, चक्रपाणी खनाल, शक्ति बस्नेत लगायत पूर्व माओवादीतर्फका मन्त्रीलाई पनि फेर्न चाहेको भएपनि कसलाई बनाउने भन्नेमा निर्णयमा पुग्न नसकेको स्रोतको दाबी छ ।

त्यसका लागि प्रचण्डसँग कुराकानी गरेर अघि बढ्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतको भनाइ छ ।

‘त्रिशुली थ्रि ए’ को सिंहदरबारबाट औपचारिक रुपमा उद्घाटन गरेपछि ओलीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्ने तयारी भएको छ ।

मन्त्रीहरुको कार्यसम्पादन राम्रो नभएको भन्दै प्रधानमन्त्री ओलीले केही समयपहिला देखिनै मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : १९ बजे

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको