मर्जरमा जाने सहमति गरेका ग्लोबल र जनता बैंकको साधारणसभा आज « Khabarhub

मर्जरमा जाने सहमति गरेका ग्लोबल र जनता बैंकको साधारणसभा आज


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मर्जरमा जाने सहमति गरेका ग्लोबल आइएमई र जनता बैंकको आज साधारणसभा हुँदैछ ।

साधारणसभामा संयुक्त मर्जर समितिले तय गरेको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) को प्रस्ताव पारित गराउने कार्यक्रम छ ।

मर्जर समितिले ग्लोबल आइएमईको एक सय कित्ता बराबर जनताको ८५ कित्ता हुने गरी स्वाप रेसियो निर्धारण गरिसकेका छन् । प्रस्ताव पारित गराउन दुबै बैंकले मंसिर २ गते आज साधारणसभा बोलाएका हुन् ।

ग्लोबल आइएमईले बैंकले १२.७५ प्रतिशत नगद लाभांस र १२.७५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव र जनता बैंकले ६ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गरेर पारित गर्नेछन् ।

जनता र ग्लोबल आइएमई एक आपसमा मर्जर हुने सम्झौतामा हस्ताक्षर भएपछि गत असार २२ गतेदेखि शेयर दाखिला खारेज दर्ता बन्द छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया