सागमा निर्वाध रुपमा फोटो र भिडियो खिच्न पाउनु पर्ने पत्रकारहरुको माग « Khabarhub

सागमा निर्वाध रुपमा फोटो र भिडियो खिच्न पाउनु पर्ने पत्रकारहरुको माग


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली मिडियाका फोटो पत्रकारहरुले खेल स्थलमा फोटो खिच्न पाउने भएका छन् ।

१३ औं संस्करणको आयोजना गर्ने क्रममा आइतबार दक्षिण एसिया ओलम्पिक काउन्सिलले तीन संस्थासँग फरक फरक सम्झौता गर्दै प्रशारण अधिकार भारतिय कम्पनीलाई बेचेको थियो ।

भारतको एनके मिडिया भेन्चर प्रालिसँग प्रशारण अधिकार सम्बन्धी सम्झौता गर्दा साग दौरान खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिनेलगायतका विषयले सम्झौता विवादास्पद बनेको थियो ।

त्यस सम्झौतामाथि नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारहरुको संगठन पिजे क्लबको गम्भिर ध्यानाकर्षण गराएको थियो ।

आइतबार बेलुका नै नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबले दक्षिण एसिया ओलम्पिक काउन्सिल र राखेपलाई ज्ञापन पत्र बुझाएको छ।

मञ्चका कार्यबाहक अध्यक्ष ध्रुव तुलाधर र पिजे क्लबका अध्यक्ष विकास कार्कीले दक्षिण एसिया ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

यससँगै अध्यक्ष श्रेष्ठ र सदस्यसचिव सिलवालले अन्तर्राष्ट्रिय प्रचलनअनुसार निर्बाधरुपमा फोटो पत्रकारलाई फोटो खिच्न दिने र भिडियो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सूचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्वीकार्य नहुने खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली तथा पिजे क्लबका अध्यक्षले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ४९ बजे

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको