तल्लो डोल्पामा दुई महिनापछि मोबाइल टावर सञ्चालन « Khabarhub

तल्लो डोल्पामा दुई महिनापछि मोबाइल टावर सञ्चालन


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ ।

बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो ।

दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा नियमित भएको गाउँपालिकाले जानकारी दिएको छ ।

चिनियाँ स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसातादेखि सिङ्गो गाँउपालिकानै सञ्चारविहीन भएको थियो । लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रबारदेखि सूचना आदान प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

भरपर्दो टावर नहुँदा पटकपटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याइएको सामान भने बीचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताए । काइके गाउँपालिकामा भने टेलीफोन सेवा अझै सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ०९ बजे

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालअधिकार संरक्षण, बालमैत्री

झापामा जङ्गली हात्तीको आतंक, बाली भित्र्याएपछि पनि भकारी जोगाउने चिन्ता

झापा– जङ्गली हात्तीको बढ्दो आतंकका कारण झापाको उत्तरी क्षेत्रका किसान

युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले

काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा

कनक चैत्य महाविहारमा दुर्लभ ‘अयूता हुति महायज्ञ’, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं– काठमाडौंस्थित कनक चैत्य महाविहारमा आयोजना गरिएको दुर्लभ धार्मिक अनुष्ठान

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

मुगु– जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि