मालपोत कार्यालयका फाँटवालविरुद्ध ७७ लाखको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

मालपोत कार्यालयका फाँटवालविरुद्ध ७७ लाखको भ्रष्टाचार मुद्दा दर्ता


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालपोत कार्यालय पर्साका तत्कालीन फाँटवाल मदन प्रसाद गुप्ताविरुद्ध ७७ लाख ८६ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

फाँटवाल गुप्ताले २०७०/०७१ को रजिष्ट्रेशन फाँट (ख)मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिस्ट्रेसन पास गरेको, लिखित रजिस्ट्रेशनमा भएको थैली रकम घटाइ कम मूल्यको थैली कायम गरी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि छानबिन गर्ने क्रममा गुप्ताले उठाएको राजश्व प्रचलित कानून बमोजिम समयमै दाखिला नगरी हिनामिना गर्ने तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरु नष्ट गर्ने गरेको पृष्टि हुन आएको अख्तियारले जनाएको छ ।

गुप्ताले सरकारी प्रमाण नस्ट गरेको तथा राजश्व रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले गुप्ताविरुद्ध ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ बिगो तथा बिगो अनुसारको जरिवाना र अधिकत्तम ९ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ४६ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने