सीमा अतिक्रमणको विरोधमा नेविसंघले निकाल्यो राँके जुलुस, २१ जना पक्राउ « Khabarhub

सीमा अतिक्रमणको विरोधमा नेविसंघले निकाल्यो राँके जुलुस, २१ जना पक्राउ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी मुलुक भारत र चीनले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

बालाजु क्षेत्रमा निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप गरी २१ नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
विद्यार्थीहरुले भारत र चीनले कब्जा गरेको नेपाली भूमि तत्काल फिर्ता लिन माग राख्दै विगत केही दिन यता प्रदर्शन गर्दै आएका छन् ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा भट्टसहित विद्यार्थी नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी लगायतका २१ नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारत र चिनले मिचेको भूमी फिर्ता गर , कालापानी , लिपुलेक हाम्रै हो लगायतको नारा लगाएका थिए । उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : २७ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि