प्रदेश ३ का लोकसेवा अध्यक्षले लिए शपथ « Khabarhub

प्रदेश ३ का लोकसेवा अध्यक्षले लिए शपथ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- प्रदेश नं ३ का प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष सुरेशमान श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायत विशिष्ठ व्यक्तिको उपस्थिति थियो ।

शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख प्रसाईंले प्राप्त जिम्मेवारी दृढतापूर्वक पूरा गर्न अनुरोध गर्दै बधाई ज्ञापन गरे । शपथ ग्रहणपछि लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई मुख्यमन्त्री पौडेल, सभामुख श्रेष्ठ तथा मन्त्रीलगायतले बधाई ज्ञापन गरेका थिए ।

लमजुङको दुराडाँडामा जन्मिएका ६१ वर्षीय श्रेष्ठ नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुन । उनी २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ०५ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने