झिनो अंकले घट्यो नेप्से « Khabarhub

झिनो अंकले घट्यो नेप्से


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अंकले घटेको छ ।

आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.५३ विन्दुले घटेर २४८.६० विन्दुमा पुगेको छ । नेप्से झिनो अंकले घटेपनि कारोबार रकम भने औसतमा रहेको छ । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहका शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने बढेको छ ।

जलविद्युत् ५.८९, उत्पादन ३८.९१, अन्य ०.३४, सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ । यस्तै बैंकिङ ०.१, व्यापार ३१.८३, होटल २.१३, विकास बैंक ०.०८, वित्त २.३९, निर्जीवन बीमा १८.५१, लघुवित्त ०.५३, जीवन बीमा २९.२७ विन्दुले बढेको छ । कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ३९ लाख ६३ हजार ९९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा छ ।

यस्तै एनएमबी बैंक रु तीन करोड ६८ लाख ८१ लाख ६२०, प्राइम बैंक रु दुई करोड ६४ लाख ९२ हजार, कृषि विकास बैंक रु दुई करोड १६ लाख ६३ हजार ४६९, शिवम् सिमेन्ट रु दुई करोड पाँच लाख ६० हजार ६९०, नबिल बैंक रु एक करोड ७७ लाख सात हजार ९५३ र एनआइसि एशिया बैंक रु एक करोड ४० लाख १३ हजार १३ हजार ३२ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज पनि साल्टट्रेडिङ कर्पोरशेनका शेयरधनीले ९.९३ प्रतिशतले कमाए । यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९१, सिनर्जी पावर ५.१९, विशाल बजार कम्पनी ३.९५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संसथा ३.२३, अरुण भ्याली हाइड्रोपावर ३.१६ र गुडबिल फाइनान्सका शेयरधनीले ३.०५ प्रतिशतले कमाए । त्यस्तै, यूनिभर्सल पावर ५.४०, हिमालयन पावर पार्टनर ३.५७, पाँचथर पावर ३.५७, सानिमा माई हाइड्रोपावर ३.१५, नबिल इक्विटी फण्ड ३.०२ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.०१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : १२ बजे

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद