धर्म निरपेक्षका नाममा जनतामाथि धोकाः अध्यक्ष राणा « Khabarhub

धर्म निरपेक्षका नाममा जनतामाथि धोकाः अध्यक्ष राणा


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपारसी– राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले दलहरुको स्वार्थका कारण नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको आरोप लगाएका छन् ।

राप्रपा संयुक्तले आयोजना गरेको जानकी रथयात्राको क्रममा नवलपरासीको कावासोती पुगेका अध्यक्ष जबराले सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै काँग्रेस र कम्युनिष्टहरुले संविधानमा धर्मनरपेक्ष राज्य उल्लेख गरेर जनतालाई धोका दिएको आरोप लगाएका हुन्।

उनले नेपालीको पहिचान हिन्दु राष्ट्र भएको र जनाले पनि हिन्दू राष्ट्र नै चाहेको दाबी गरे । कार्यक्रममा अर्का नेता बिक्रम पाण्डले राप्रपाको इतिहास र सिन्द्धातहरु अन्य पाटीका भन्दा विशेष रहेकोले समाजमा एउटा तप्काले पार्टीलाई खोजी गरिरहने बताए ।

उनले हिन्दु राज्य भनेर संविधानमा उल्लेख नगरेरसम्म राप्रपा संयुक्त आन्दोलित भइरहने पनि चेतावनी दिए ।

जनकपुरको जानकी मन्दिरबाट शुरु भएको रथयात्र लुम्विनी पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको