कँडेल मृत्यु प्रकरणः ढकाललाई पाँच दिन हिरासतमा राख्न अनुमति « Khabarhub

कँडेल मृत्यु प्रकरणः ढकाललाई पाँच दिन हिरासतमा राख्न अनुमति


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-   जिल्ला अदालत चितवनले नेपाली सेनाका जवान राम कँडेल मृत्यु प्रकरण पक्राउ परेका प्रहरी जवान ठाकुर ढकालमाथि थप अनुसन्धान गर्न पाँच दिनका लागि म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।
मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा प्रक्रिया टुङ्गो नलागेसम्म निलम्बन गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनका लागि समय थप गरिएको हो । ढकालविरुद्ध मृतक कँडेलका परिवारले हत्याको अभियोगमा आइतबार उजुरी दर्ता गराएको थियो ।

ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हामफालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

ईच्छकामना–५ निवासी २८ वर्षीय फिस्लिङमा रहेको अस्थायी प्रहरीचौकीमा राखिएका समयमा आइतबार बिहान बरण्डाबाट हामफालेर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कँडेल नेपालीको बर्दबहादुर गणमा कार्यरत जवान हुन । उनको हत्या भएको भन्दै परिवार स्थानीयवासीले हिजो र आज पृथ्वी राजमार्ग बन्द गराएका थिए । घटना शङ्कास्पद भएपछि उनको शव परीक्षणका लागि काठमाडौंँ लगिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : ३४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका