घुस अभियोगमा प्रहरीका असई चौधरीविरुद्ध मुद्दा दायर « Khabarhub

घुस अभियोगमा प्रहरीका असई चौधरीविरुद्ध मुद्दा दायर


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप छ । सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले चौधरीलाई रु १३ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।

यस्तै मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०/७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको आरोपमा तत्कालीन फाँटवाला मनदकुमार गुप्ताविरुद्ध आयोगले आरोपपत्र दायर गरेको छ । समयमै राजस्व दाखिला नगरी हिनामिना गरेको आरोपमा रु ७७ लाख ८६ हजार बिगो माग दाबी गरिएको छ ।

यसैगरी गोरखापत्र संस्थानका उपसम्पादक (तह–७) पदमा कार्यरत वासुदेव पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाइ सेवा प्रवेश गरेको तथा बढुवासमेत भएको आरोपमा आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको नक्कली प्रमाणपत्र पेश गरी संस्थानमा सेवा प्रवेश तथा स्तरवृद्धि गरेको आयोगको आरोप छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ३० बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,