आकस्मिक दुर्घटनामा प्राथमिक उपचार कसरी गर्ने ? « Khabarhub

आकस्मिक दुर्घटनामा प्राथमिक उपचार कसरी गर्ने ?


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घरमा कुनै काम गरिरहेको समयमा चोट लाग्यो भने के गर्नुहुन्छ ? आगो ताप्दै गर्दा आगोले पोल्यो, घरको भर्‍याङ वा सिढीबाट लडेर घाइने हुन भयो भने शुरुमा के गर्नुहुन्छ ? यदी ज्वरो आयो शुरुमा के गर्नुहुन्छ ?  छिमेकी वा आफ्नै परिवारलाई सर्पले डस्यो भने शुरुमा के गर्नुहुन्छ ?

माथिका प्रश्नहरुको जवाफ तपाई सोच्दै हुनुहुन्छ होला । कतिले यी प्रश्नमा अस्पताल ल्यैजाने भनेर उत्तर पनि दिन्छन् ।

तर साच्चै एकपटक विचार गर्नुस् त यदी अस्पताल पुग्न ढिला भयो आकस्मिक दुर्घटनाका बिरामीले ज्यान नै गुमाउन सक्छन् ।

त्यसैले  आकस्मिक दुर्घटना भए वा सर्पले डस्दा, हातखुट्टा भाँचिएमा, आगोले पोलेमा पहिला घटना स्थलमै प्राथमिक उपचार गर्नुपर्छ । त्यसका लागि प्राथमिक उपचारबारे जानकारी हुनुपर्छ । नत्र गतल तरिकाले प्राथमिक उपचार गर्दा बिरामीको स्वास्थ्यमा थप जोखिम निम्तिन सक्छ ।

प्राथमिक उपचार भनेको कुनैपनि दुर्घटना लगत्तै गरिने सामान्य रोकथाम विधि हो । तर, प्राथमिक उपचारले सम्भावित जटिलताबाट बच्न सकिन्छ ।

प्राथमिक उपचारबारे हामी सबैले जानकारी राख्नुपर्छ । प्राथमिक उपचारबारे जानकारी भएका परिवारका सदस्य वा कुनै व्यक्ति आकस्मिक दुर्घटनामा परेमा तपाईले लिएको जानकारीले दुर्घटनामा पर्ने व्यक्तिको जीवन बच्न सक्छ । आज हामी तपाईलाई प्रथामिक उपचार किन चाहिन्छ ? कसरी गर्ने भन्ने बारेमा जानकारी दिदै छौं ।

किन चाहिन्छ प्राथमिक उपचार ?

– सम्भावित जोखिमबाट बचाउन,

–बिरामी तथा घाइतेको जीवन बचाउन,

– अवस्था अरु खराब वा जोखिमपूर्ण हुन नदिन,

– उचित उपचारका लागि सम्बन्धित स्थानमा पुर्‍याउन,

– अवस्थामा सुधार ल्याउन,

–अन्य संक्रमणको जोखिमबाट बचाउन ।

उपचारकले शुरुमा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । त्यसैले प्राथमिक उपचार गर्ने व्यक्तिले पहिला आफ्नो सुरक्षाको स्थिति सुनिश्चित गर्नुपर्छ । आफू सुरक्षित हुने गरी नजिक रहेको स्रोत साधनको प्रयोग गर्नुपर्छ । बिरामी तथा घाइतेको अवस्था परीक्षण गरी प्राथमिक उपचार गर्नुपर्छ ।

प्राथमिक उपचार गर्नेले के गर्नुपर्छ ?

– दुर्घटनास्थलमा सकेसम्म चाडै पुग्ने प्रयास गर्ने,

– प्राथमिक उपचार स्वयम् नहडबडाइएकन प्राथमिकताको आधारमा, सिकिस्त र जोखिम भएका घाइतेहरुलाई प्राथमिकता दिएर उपचार गर्नुपर्छ,

– रोगी तथा नातेदारसाई सान्तवना दिनुपर्छ,

– रत्तश्राव भएको भए त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ,

– घाईते वा पीडितलाई सजिलो एवं आरमसाथ सुताउने,

– शरीरमा लगाएको लुगा असहज भए फुकाइदिने,

– सकेसम्म चाडै विशेष उपचारका लागि पठाउने वा पहल गर्ने,

– उपचार सेवा भएको स्थानमा पुर्‍याउने,

प्राथमिक उपचारमा तुरुन्त गर्नुपर्ने काम

–दुर्घटनास्थलमा तुरुन्तै पुगेर निरिक्षण गर्ने,

– घाइतेलाई असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा राख्ने,

– प्राथमिकता निर्धारण गरेर काम गर्ने,

– सबैभन्दा चिन्ताजनक अवस्थामा रहेकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने,

– श्वसप्रश्वास निरीक्षण गर्ने,

–श्वासमार्ग खुकुलो बनाइदिने,

– रगत बगिरहेको भए कुनै पनि उपाय अपनाएर रक्तश्राव रोक्ने,

– मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने,

– हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने र घाइतेलाई धेरै हलचल नगराई होसियारीपूर्वक बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउने,

– दुर्घटनाको रेकर्ड राख्ने,

– ३ देखि ४ मिनेटसम्म अक्सिजन मस्तिष्कमा पुगेन भने ब्रेनडेड हुने भएकाले दुर्घटनामा परेका घाइतको श्वास प्रश्वास निरन्तर गराउन प्राथमिक उपचारको महत्वपूर्ण रहन्छ ।

– यसमा श्वासभित्र लिने र बाहिर छाड्ने भए प्रयाप्त छ कि छैन हेर्ने,

– यदि  श्वास फेरिरहेको छैन भने श्वास प्रश्वासको गति ढिलो छ भने मुखबाट मुख जोडेर श्वासप्रश्वास गराउने,

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : २२ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी