यी बलिउड फिल्म, जसले बदल्यो ‘सेलिब्रेटी’को भाग्य ! « Khabarhub

यी बलिउड फिल्म, जसले बदल्यो ‘सेलिब्रेटी’को भाग्य !


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बलिउडमा कति यस्ता स्टार छन्, जो एक फिल्मका कारण आफूलाई अब्बल साबित गरेका छन् । बलिउडमा धेरै कलाकारलाई आफ्नो हिट फिल्मको प्रतीक्षा हुने गर्छ ।

धेरैको भाग्य त्यही एक फिल्मले परिवर्तन गरिदिएको हुन्छ ।

बलिउडमा यस्ता फिल्म छन्, जसले स्टारको भाग्य नै बदलेका छन् । आखिर को हुन् त त्यस्ता भाग्यशाली कलाकार? जान्नुस्ः

उरीः द सर्जिकल स्ट्राइक

यो फिल्ममा विक्की कौशल शीर्ष भूमिकामा थिए । झण्डै २५ करोड लगानीमा बनेको फिल्मले २ सय ४५ करोड कमाइ गरेको थियो ।

फिल्म निर्माण हुने खबरले यो फिल्मको खासै चर्चा थिएन, तर फिल्म रिलिजपछि यसले बक्स अफिसमा एकपछि अर्को रेकर्ड राख्न थाल्यो ।

दर्शकले अत्यधिक मन परेको यो फिल्मपछि विक्की कौशलको पनि भाग्य बदलियो । उनको चरित्र पनि धेरैले रुचाए ।

त्यसो त विक्की रणवीर कपूरको फिल्म ‘सञ्जु’ मा पनि थिए । विक्कीका लागि ‘उरी’ गेम चेन्जर फिल्म बन्यो ।

कबीर सिंह

शाहिद कपूरले सन् २००३ मा रिलिज भएको फिल्म ‘इश्क विश्क’ बाट डेब्यु गरेका थिए । फिल्ममा अमृता राव अपोजिट रोलमा थिइन् ।

यो फिल्मबाट शाहिदले नयाँ पहिचान पाएका थिए । यसपछि उनले अभिनय गरेका जब वी मेट, उड्ता पञ्जाव, विवाह जस्ता फिल्मले पनि चर्चा पाए । तर उनको स्टारडम कुनै फिल्मले पनि देखाएन ।

‘कबीर सिंह’ मा अभिनय गरेपछि भने शाहिदको चर्चा एकाएक चुलियो । यो फिल्मले बक्स अफिसमा २ सय ७८ करोड कमाइ गर्‍यो ।

अन्धाधुन

आयुष्मान खुराना पछिल्लो समय व्यस्त छन् । उनले लगातार हिट फिल्म दिइरहेका छन् । तर, आयुष्मान खुरानाका लागि गेम चेन्जर फिल्म ‘अन्धाधुन’ बन्यो ।

यो फिल्म उनको करिअरको फरक फिल्म बन्यो । आयुष्मानले फिल्मबाट अवार्ड पनि हात पारे ।

कहो न प्यार है

ऋतिक रोशनले बलिउडमा कैयन् हिट फिल्म दिएका छन् । वार, सुपर ३०, कृस, धूम जस्ता फिल्म दिएका ऋतिकका लागि डेब्यु फिल्म नै विशेष फिल्म बन्यो ।

‘कहो ना प्यार है’ फिल्मले बक्स अफिसमा शानदार कमाइ गर्‍यो । ऋतिकको पनि खुबै चर्चा भयो ।

सञ्जु

रणवीर कपूरले ए दिल है मुस्किल, ये जवानी हे दिवानी, बर्फी जस्ता हिट फिल्म दिएका छन् । यी फिल्मबाट रणवीरले खुबै तारिफ पाए ।

यद्यपि उनका लागि राजकुमार हिरानीको ‘सञ्जु’ विशेष बन्यो । यो फिल्मले रणवीरलाई सुपरस्टार बनाइदियो । फिल्मले बक्स अफिसमा कैयन् रेकर्ड समेत तोडेको थियो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : ४६ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको