मिर्गौला रोगीको हेमोडायलाइसिस सेवाका लागि नेपाली सेना र काठमाडौं महानगरबीच सम्झौता | Khabarhub Khabarhub

मिर्गौला रोगीको हेमोडायलाइसिस सेवाका लागि नेपाली सेना र काठमाडौं महानगरबीच सम्झौता


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोगहरुको उपचार सेवा र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नेपाली सेनासँग सहकार्य थालनी गरेको छ ।

सेनाले सञ्चालन गरेको बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मिर्गौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा सञ्चालन जस्ता स्वास्थ्य सेवा प्रदान गर्न भएको सम्झौतामा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले हस्ताक्षर गरेका छन् ।

बुधबार नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको कार्यक्रममा सम्झौता पत्र आदान प्रदान भयो । त्यस अवसरमा बोल्दै महानगरका प्रमुख शाक्यले सहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि महानगरले अघि बढाएको साझेदारिताअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको छ ।

यस अघि महानगरले सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सम्झौता गरिसकेका छौं । नेपाली सेनासँग यस अघि बृक्षारोपण गरी हरियाली प्रबर्धन गर्नका लागि साझेदारिता भइसकेको छ । नेपाली सेनाले भवन बनाउँदा पहिलो पटक महानगरमा आएर नक्सा स्वीकृति गरेको छ ।

सहरी व्यवस्थापनका लागि नेपाली सेनासँग भएको दक्षता प्रयोग गर्ने गरी हामीले काम गरिरहेका हौं । ‘हामी महानगर अस्पताल खोल्ने योजनामा छौं त्यो तत्काल सम्भव छैन’ उनले भने ‘यसैले अहिले जोसँग बिशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरबासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौं ।’

त्यस क्रममा बोल्दै महारथी थापाले जंगी अड्डाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेका बताए । हामी स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्याबश्यक सेवा दिन तयार छौं । महानगरबाट थालिएको प्रयास बिस्तार हुँदै जानेछ, उनको विश्वास छ ।

सम्झौताबमोजिम पहिलो चरणमा महानगरको भौगोलिक क्षेत्रभित्र भएका सेरा नेगेटिभका बिरामीहरुलाई बीरेन्द्र अस्पताल छाउनीबाट हेमोडाईलासिस सेवा उपलब्ध गराउनेछ । यसका लागि महानगरले शुरुमा१ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ । हेमोडाईलासिसका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ ।

यसरी माग गरिएको रकम कार्य प्रगतिका आधारमा थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।

महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ ।

सम्झौता बमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरका प्रमुखले तोकेको कार्यपालिका सदस्यको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन हुनेछ । सम्झौताबमोजिमका काम प्रभावकारी रुपमा गर्न÷गराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुबै पक्ष समक्ष नियमित प्रतिवेदन पेश गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयको लागि सिफारिस गर्ने कार्यदललाई कार्य विवरण दिइएको छ ।

यसमा महानगरसँग सम्बद्ध २ जना अधिकारी सदस्य र सेनाका २ जना अधिकारी सदस्य रहनुहुनेछ । कार्यदलसँगै महानगरको सहरी योजना आयोग, जनस्वास्थ्य महाशाखा र सेनाको अस्पताल तथा पदाधिकारीहरुबीच छलफल र परामर्श गरेर सेवा बिस्तार गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ ।

यस सम्झौताको अवधि पाँच बर्ष तोकिएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्तममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित महानगरका र नेपाली सेनाका उच्च अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ५९ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी