वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन « Khabarhub

वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

प्रवासी समन्वय समिति (पिएनसिसी)को अगुवाइमा मङ्गलबारसम्म वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका सात हजार ८२२ नेपाली आप्रवासी कामदारको सम्झनामा दीप प्रज्वलन गरिएको हो । पछिल्ला वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि २०७५/७६ सम्म सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । सो अवधिमा १७१ महिला र सात हजार २८४ पुरुषले ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ मा ७७, आव २०६६/६७ मा ४१९, आव २०६७/६८ मा ५६५, आव २०६८/६९ मा ६४६ र आव २०६९/७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । आव २०७०/७१ मा ८७६, आव २०७१/७२ मा एक हजार सात, आव २०७२/७३ मा ८१३, आव २०७३/७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन् ।

यस्तै चालु आवको पहिलो चार महिनामा २५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ । सामान्य जानकारी नहुँदा नेपाली आप्रवासी कामदारले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् । मुख्यरूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ । सो अवधिमा स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् ।

दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ । केही मृत्युका कारण भने अझैसम्म खुल्न सकेका छैन । विसं २०६५ देखि २०७२ सम्मको अवधिमा मृत्यु भएका ७५९ कामदारको मृत्युको कारण खुल्न नसकेको ‘वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिति’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ३० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको