चार वटा प्रदेशमा : न नाम, न राजधानी ! कतै भाषिक त कतै जातीय विवाद « Khabarhub

चार वटा प्रदेशमा : न नाम, न राजधानी ! कतै भाषिक त कतै जातीय विवाद


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश संघीयतामा गएको धेरै भयो । सात वटा प्रदेश पनि बने । तर १, २, ३ र ५ नम्बरमा नाम र राजधानीको विवादमा अल्झिएको अल्झियै छन् । यसले भाडामा बसिरहेका प्रदेश सरकारलाई भौतिक पूर्वाधारका काम अघि बढाउन समेत समसय भएको आजको अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार छापेको छ ।

नाम र राजधानी मत बाझिँदा केही प्रदेशले सुझाव संकलन अभियान थालेका छन् । नाम र राजधानीको जटिलतामा फसेका २ र ५ नम्बर प्रदेशले सुझाव संकलन समिति बनाएका हुन् ।

प्रदेश ५ को नाम लुम्बिनी, बुद्ध भूमि र राजधानी रुपन्देही, दाङ र तिलौराकोट कता हुने भन्ने विवाद छ । त्यस्तै प्रदेश ३ को नाम वाग्मती, तामसालिङ, नेपालमण्डल के राख्नेमा विवाद छ भने राजधानी हेटौंडा, बनेपा, भक्तपुर, चितवन कहाँ राख्ने भन्ने विवाद छ ।

त्यसैगरी, प्रदेश २ को नाम मिथिला, मधेस प्रदेश, मिथिला भोजपुरामा विवाद छ भने राजधानी जनकपुर, वीरगन्ज, बर्दिवास कहाँ राख्ने भन्ने विवाद छ । यता प्रदेश नम्बर १ को कोसी, सगरमाथा, किरात , लिम्बुवान, मेची के राख्ने भन्ने नाममा विवाद छ भने राजधानी विराटनगर, इटहरी, चतरा, गोठगाउँ, धनकुटा कहाँ हुने भन्ने विवाद छ ।

त्यसैगरी पत्रिकाले राष्ट्रपतिलाई विशेष महत्व दिँदै चीन शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । चीनले महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ ।

भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम शीर्षकमा अन्नपूर्णले अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । भारतको आन्द्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसति नेपाल आउने माछा नेपालगन्जका बजारमा छ्यापछ्याप्ती भेटिने गरेको समाचारमा उल्लेख छ ।

‘सिक्का खसाल्नुस्, प्याड लिनुस्’ शीर्षकमा अन्नपूर्णले भैरहवाको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । महिनावारीका कराण् नेपालका कतिपय ठाउँमा छात्रा विद्यालय जना सकेका हुँदैनन् । यसले महिनामा एउटी छात्राको करिव ४–५ दिन पठनपाठन रोकिने गरेको छ ।

तर रुपन्देहीको भैरहवास्थित बुद्धज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई महिनावारीको समस्याबाट मुक्त हुन यस्तो उपाय अपनाइएको छ ।

त्यस्तै पत्रिकाले ‘स्थानीय सरकारका छाडातन्त्र’ शीर्षकमा सम्पादकीय लेखेको छ । आम नागरिकले स्थानीय सरकार बनेपछि लालपुर्जा, नागरिकाता, राहदानी लगायत विगतमा सदरमुकाम धाएर लिनुपर्ने थुप्रै सेवासुविधा घरआँगनबाटै पाउने अपेक्षा गरेका थिए ।

संविधानले आफ्नो क्षेत्राभित्रका प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने कानुन बनाएर आफै लागू गर्ने कार्यकारी अधिकार स्थानीय सरकारबाटै दिएको छ । अधिकार प्रयोग गर्दै नागरिकताप्रतिको दायित्व पनि वहन गर्नुपर्ने हुनोले स्थानीय सरकारलाई आँगनको सरकार पनि गाउँका सिंहदारबोको उपमा पनि दिइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ४१ बजे

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर