एसएइई परीक्षा दिने महिला परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था « Khabarhub

एसएइई परीक्षा दिने महिला परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागि हुने महिला परीक्षार्थी (छात्रा)हरुका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ ।

परीक्षाको समयमा महिनावारी हुने छात्रालाई लक्षित गरी गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेश मातहतका सबै परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था गर्न लागेको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै परीक्षा केन्द्रका महिला शौचालयमा उपलब्ध हुने गरी सेनेटरी प्याडको व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयले कूल महिला परीक्षार्थीको १५ प्रतिशतका लागि सेनेटरी प्याड खरिद गर्न लागेको हो ।

मन्त्रालयले गरेको अध्ययनका क्रममा यसअघिका परीक्षाहरुमा सहभागी हुने महिला परीक्षार्थीमध्ये १५ प्रतिशत परीक्षार्थी परीक्षाको समयमा महिनावारी हुने देखिएपछि सोहीअनुसार सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको हो ।

गण्डकी प्रदेशमो एसइई परीक्षाका लागि २ सय १७ वटा परीक्षा केन्द्र तोकिएको छ । मन्त्रालयले सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड राख्ने जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ११ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी