झलनाथका ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गर्दै प्रधानमन्त्री « Khabarhub

झलनाथका ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गर्दै प्रधानमन्त्री


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालद्वारा रचना गरिएका गीतहरुको संगालो ‘परिवर्तनका स्वरहरु भाग २’ प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

नेकपा वरिष्ठ नेता खनालद्वारा चरित गीत एल्बम ‘परिवर्तनका स्वरहरु भाग–२’ आगामी शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्ने कार्यक्रम राखिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

पञ्चायतकालमा भूमिगत रहँदादेखि नै क्रान्तिकारी र देशभक्त गीतहरुको रचना गर्दै आएका खनाल बहुदल स्थापनापछि भने सक्रिय राजनीतिमा क्रियाशील छन् ।

२०६५ को नेकपा एमालेको बुटवल महाधिवेशनबाट अध्यक्षमा निर्वाचित खनाल २०६७ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । करिब ७ महिनाको सत्ता यात्राबाट बाहिरिएपछि खनालले पुनः सहित्य र गीत रचनातर्फ पनि सक्रियता देखाएका छन् ।

इलामबाट निर्वाचित खनालकै रचनामा रहको ‘परिवर्तनका स्वरहरु’ गीति संग्रह यसअघिनै सार्वजनिक र्भसकेको छ भने गत वर्ष प्रज्ञा प्रतिष्ठानमा उनका गीतहरुको एकल साँझ समेत गरिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ११ : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल