नक्कली नोट बनाउने २ ‘जादुगर’, जसले लाखका बिटा भन्दै कागज बेचे « Khabarhub

नक्कली नोट बनाउने २ ‘जादुगर’, जसले लाखका बिटा भन्दै कागज बेचे


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष प्रकारको कला (जादु) प्रयोग गरेर सक्कली नोट जस्तै अर्को नोट बनाउने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको बागबजारबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दी घर भइ भक्तपुर बस्ने ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुङ्गा घर भएका ४६ वर्षीय मानबहादुर सुवेदी छन् ।

उनीहरुले विभिन्न व्यक्तिलाई सक्कली नोटबाट उस्तै देखिने र कसैले पनि पत्ता नपाउने अर्को नोट बनाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीका अनुसार उनीहरुले विभिन्न कला देखाएर मानिसहरुलाई (हेग्नोटाइज) गरी ठगी गर्दै आएका थिए ।

‘विभिन्न मानिसहरुलाई सक्कली जस्तै नक्कली नोट बनाउने भनेर, हेग्नोटाइज गरी ठगी गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ,’ डिएसपी बोकटीले खबरहबसँग भने ।

डिएसपी बोकटीका अनुसार पक्राउ परेका मल्ल र सुवेदीले विभिन्न व्यक्तिलाई बोलाएर सक्कली नोटजस्तै अर्को नक्कली नोट बनाउने भनेर आफ्नो ‘जादु’ देखाउने गरेका थिए ।

उनीहरुको ‘जादु’ पत्याउने व्यक्तिलाई १ लाखको सक्कली जस्तै अर्को नक्कली नोट बनाउन परे ३५ हजार रुपैयाँ माग गर्देथे ।

३५ हजार रुपैयाँ बुझाउने व्यक्तिले उनीहरुबाट १ लाखको बिटो बोकेर जान्थे । तर, उनीहरुले उक्त नोट घरमा गएर मात्रै खोल्ने शर्त राख्दथे ।

‘यहाँ खोले जादु हराउँद भन्दै नोट घरमा गएर मात्रै खोल्ने शर्त राख्ने गरेको खुलेको छ,’ डिएसपी बोकटीले खबरहबसँग भने, ‘उनीहरुबाट नोट लगेका मानिसले घरमा गएर खोल्दा सबै नोट कागज मात्रै भएको फेला पार्ने गरेका थिए ।’

सोमबार पक्राउ पर्दा उनीहरुको साथबाट यस्ता नोटका १२ ओटा ‘बिटा’ फेला परेको डिएसपी बोकटीले जानकारी दिए ।

‘१–१ लाखको भनिएका १२ ओटा बिटा हामीले बरामद गरेका छौं,’ डिएसपी बोकटीले भने, ‘बाहिर सक्कलीजस्तै देखिने १००० रुपैयाँको नक्कली नोट राखिएको बिटा खोलेर हेर्दा भित्र कागजमात्रै बेरेर राखिएको देखियो ।’

उनीहरुको साथबाट सक्कलीजस्तै नक्कली नोट बनाउने भनेर प्रयोग गर्ने गरिएको विभिन्न प्रकारको रसायन, नोटजस्तो आकारमा बनाउनका लागि कागज काट्न प्रयोग हुने मेसिन र अन्य औजारहरु फेला परेको डिएसपी बोकटीले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ३ : २४ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित