सुमार्गीको ‘अवैध रकम’बारे चैत २८ मा फैसला आउने « Khabarhub

सुमार्गीको ‘अवैध रकम’बारे चैत २८ मा फैसला आउने


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही समययता विवादमा रहेका व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिको रकमबारे सर्वोच्च अदालतले चैत २८ गते फैसला सुनाउने भएको छ ।

मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सोमबार दोस्रो सुनुवाई गर्दै चैत २८ गते फैसला सुनाउने मिति तय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशले फैसलाको मिति तय गरेको हो ।

गत पुस १० गते तत्कालीन न्यायाधीश दीपकराज जोशीको एक इजलाशले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजमा विदेशबाट आएको लगानी नरोक्न नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

जोशीको आदेशपछि प्रधानन्यायाधीश राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन पुस २४ गते अर्को आदेश जारी गरेको थियो ।

जोशीको इजलाशले आदेश जारी गरेपछि सुमार्गीले पुस २१ गते इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) अन्य बैंकहरुमा सारिसकेका छन् । सर्वोच्चले रकम फिर्ता ल्याउन अर्को आदेश जारी गरेपनि सुमार्गीले रकम फर्काएका छैनन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ४ : ११ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र