सी. के. राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन « Khabarhub

सी. के. राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘स्वतन्त्र मधेस गठवन्धन’ को राष्ट्रिय परिषद् बैठकले सी. के. राउतको नेतृत्वको पार्टीलाई ‘जनमत पार्टी नाम राख्दै ३५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ ।

गठबन्धनको सिरहामा  चैत्र ३-४ गते बसेको राष्ट्रिय परिषद्को बैठक  (केन्द्रीय भेला)मा  विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा पार्टीको नाम परिवर्तन गर्ने निर्यण गरेको हो।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै स्वागत गरेको छ ।  केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको हो । पार्टीको नाम “जनमत पार्टी” र पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।

बैठकमा गठवन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजक लगायतका नेताहरुको उपस्थिति रहेको थियो । परिषद् बैठकपछि केहीदिनभित्र विस्तारित बैठक बस्ने जनाइएको छ । फागुन २४ गते सरकार र सीके राउतबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

बैठकले गरेका निर्णयहरु

• केन्द्रिय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको छ।
o पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको छ।
o पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।
o पार्टीको लोगोको रुपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ।
o पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।
o केन्द्रिय भेलाले पार्टीको लागि ३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिनेछ।केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा. सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

• स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३-सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ।त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको छ।

• “जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र नि:स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ।

• “जनमत पार्टी” सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ-संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ।

 

 

 

 

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ४ : २५ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर