‘जनमत संग्रह’को विवादमा तानिएका सीके राउतले पार्टीको नाम नै राखे ‘जनमत’ « Khabarhub

‘जनमत संग्रह’को विवादमा तानिएका सीके राउतले पार्टीको नाम नै राखे ‘जनमत’


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिका बेला ‘जनमत संग्रह’ र ‘जनअभिमत’को शब्दलाई लिएर विवादमा तानिएका सीके राउतले अन्ततः आफ्नो पार्टीको नाम नै परिवर्तन गरी ‘जनमत’ राखेका छन् ।

सरकारले सम्झौतामा ‘जनमत संग्रह’ नभइ जनअभिमत भएको स्पष्ट पारिरहँदा सीके राउतले भने स्वतन्त्र मधेशका लागि जनमत संग्रह गर्न सरकार सहमत भएको दाबी गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– ‘जनमत संग्रह गराउन सरकार सहमत ! स्वतन्त्र मधेश गठवन्धनको सवै मुद्दा फिर्ता हुने ! ’

यता सरकारले सीके साउतसँग गरेको सहमति द्विअर्थी भएको भन्दै सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका सांसदहरुले नै संसदमा गृहमन्त्री रामबहादुर थापासंग जवाफ समेत मागेका थिए ।

सिरहामा भएको राष्ट्रिय परिषद् बैठकले सी. के. राउतको नेतृत्वमा पार्टीको नाम ‘जनमत पार्टी’ राख्दै ३५ सदस्यीय कार्यकारिणी समिति समेत गठन गरेको छ ।

स्वतन्त्र मधेश गठबन्धनको सिरहाको लहानमा चैत्र ३, ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)मा विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा पार्टीको नाम परिवर्तन गर्दै ‘जनमत’ पार्टी राख्ने निर्णय भएको हो ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै स्वागत गरेको छ । केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ्ने निर्णय गरेको छ ।  गत फागुन २४ गते सरकार र सीके राउतबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ५ : ०२ बजे

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई