विद्युत प्राधिकरणका लेखापाल महतविरुद्ध ५२ लाख बढीको भ्रष्टाचार मुद्दा « Khabarhub

विद्युत प्राधिकरणका लेखापाल महतविरुद्ध ५२ लाख बढीको भ्रष्टाचार मुद्दा


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल महतले विभिन्न माध्यमबाट बैंकमा भएको रकम झिकी ५२ लाख १३ हजार ५ सय ९० रुपैयाँ ४३ पैसा हिनामिना गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा रहँदा केन्द्रका प्रमुख मनोजकुमार सिंह समेतको मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदा बरबुझारथ समेत नगरी गएको उल्लेख गरिएको छ ।

महतले रत्नपार्क वितरण केन्द्रमा कार्यरत हुँदा बैंक रिकन्सिलियसन स्टेटमेन्ट तयार गर्दा वास्तविक भौचरलाई आफैले परिवर्तन गरी लेखा प्रमुख र कार्यालय प्रमुखलाई जानकारी नगराई क्यास बुकमा पोस्टिङ गरी क्यासबुकमा भन्दा बढी रकम बैंकबाट भुक्तानी लिएको देखिएको अख्तियारले जनाएको छ ।

ललितपुरमा समेत निजले २० लाख रकम हिनामिना गरेको सम्बन्धमा छानविन गर्दा १ करोड रकम हिनामिना गरेको भेटिएकोमा निजले छानविन समितिलाई नै प्रभावमा पारी ३० लाख मात्र तिराई सफाइ दिन लागेको भन्ने समेत व्यहोराको उजुरी परेको थियो ।

निज महतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराध हुँदा हिनामिना गरेको बिगो रू ५२ लाख १३ हजार ५ सय ९० रूपैयाँ ४३ पैसा कायम गरी मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ५ : ४९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले