विद्युत प्राधिकरणका लेखापाल महतविरुद्ध ५२ लाख बढीको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका लेखापाल महतविरुद्ध ५२ लाख बढीको भ्रष्टाचार मुद्दा


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल महतले विभिन्न माध्यमबाट बैंकमा भएको रकम झिकी ५२ लाख १३ हजार ५ सय ९० रुपैयाँ ४३ पैसा हिनामिना गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा रहँदा केन्द्रका प्रमुख मनोजकुमार सिंह समेतको मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदा बरबुझारथ समेत नगरी गएको उल्लेख गरिएको छ ।

महतले रत्नपार्क वितरण केन्द्रमा कार्यरत हुँदा बैंक रिकन्सिलियसन स्टेटमेन्ट तयार गर्दा वास्तविक भौचरलाई आफैले परिवर्तन गरी लेखा प्रमुख र कार्यालय प्रमुखलाई जानकारी नगराई क्यास बुकमा पोस्टिङ गरी क्यासबुकमा भन्दा बढी रकम बैंकबाट भुक्तानी लिएको देखिएको अख्तियारले जनाएको छ ।

ललितपुरमा समेत निजले २० लाख रकम हिनामिना गरेको सम्बन्धमा छानविन गर्दा १ करोड रकम हिनामिना गरेको भेटिएकोमा निजले छानविन समितिलाई नै प्रभावमा पारी ३० लाख मात्र तिराई सफाइ दिन लागेको भन्ने समेत व्यहोराको उजुरी परेको थियो ।

निज महतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराध हुँदा हिनामिना गरेको बिगो रू ५२ लाख १३ हजार ५ सय ९० रूपैयाँ ४३ पैसा कायम गरी मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ५ : ४९ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड