तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न निर्देशन (भिडियो सहित) « Khabarhub

तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न निर्देशन (भिडियो सहित)


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको अर्थ समितिले आगामी आर्थिक वर्ष पूर्व तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षदेखि पूर्व तयारी सम्पन्न नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको बैठकले बजेट कार्यान्वयनका लागि समितिले दिँदै आएको निर्देशनहरु पालना नहुनुको कारणबारे एक हप्ता भित्र समितिमा स्पष्टिकरण दिन पनि अर्थ मन्त्रालयलाई सचेत गराएको छ ।

विगतमा दिइएका निर्देशन पालना नभएकाले यसको कारण र कार्यान्वयन गर्ने योजना सहितको विस्तृत विवरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि अर्थ मन्त्रालयलाई निर्देश गरिएको पनि समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

समितिले आगामी आर्थिक वर्षमा संचालन हुने आयोजना कार्यक्रमहरुको लागि आवश्यक कार्यविधि, निर्देशिका चालू आर्थिक वर्षमै स्विकृत गरी बजेट विनियोजनको कार्य प्रारम्भ गर्न पनि सरकारलाई निर्देश गरेको छ ।

बजेट विनियोजन गर्दा खरिद योजना पनि अनिवार्य रुपमा समावेश गर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति दाहालले बताए । समितिले हरेक दिनको आयोजना कार्यान्वयनको प्रगति विवरण राख्न के गर्न सकिन्छ ? भन्ने सुझाव सहितको विवरण १५ दिन भित्र समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ५ : ५९ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई