बैंक तथा वित्तीय संस्था नियमन गर्न छुट्टै कानूनः अर्थमन्त्री (भिडियो सहित) « Khabarhub

बैंक तथा वित्तीय संस्था नियमन गर्न छुट्टै कानूनः अर्थमन्त्री (भिडियो सहित)


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले पूँजी बजारमा लगानी बढाउन पनि कोषलाई निर्देशन दिए । उनले सरकारी बैंक तथा वित्तिय संस्थाहरुले मौद्रिक बजारमा लगानी गर्न नपाउनेतर्फ पनि सचेत गराए ।

यआर्जन हुने क्षेत्रमा लगानी गरेर नागरिक लगानी कोषले पूँजी बजारको विस्तारमा योगदान दिनुपर्ने अर्थमन्त्री खतिवडाले बताए ।
अर्थमन्त्री खतिवडाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि नागरिक लगानी कोषको गम्भिर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : १५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी