कङ्गोमा रेल दुर्घटना, ज्यान गुमाउनेको संख्या ३० पुग्यो « Khabarhub

कङ्गोमा रेल दुर्घटना, ज्यान गुमाउनेको संख्या ३० पुग्यो


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगो– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाई प्रान्तको प्रमुख शहर कनाङ्गाबाट १ सय ४० किलोमिटर उत्तरमा रहेको बेना लेका गाउँनजिक मालवाहक रेल दुर्घटनामा परको हो । दुर्घटनामा अन्य केही घाइते भएका छन् ।

लिकबाट बाहिर गएपछि रेल दुर्घटनामा परेको बताइएको छ । मालवाहक रेल दुर्घटनामा परी मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेको अधिकारीले जनाएका छन् ।

यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुर्घटनामा २४ जनाको मृत्यु भएको उल्लेख गरेका थिए ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रेलमार्गका पूर्वाधार निकै पुरानो भइसकेको तथा जीर्ण अवस्थामा रहेकोले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बेलाबेला रेल दुर्घटनामा पर्दै आएका छन् ।

कमजोर रेल मार्ग, अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापरवाहीका कारण त्यहाँ रेल दुर्घटनामा हरेक वर्ष सयौँ मानिसहरुको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : २२ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा